सिमलचाैर मामा घर आएका ज्ञान बहादुरको भिरबाट लडेर ज्यान गयो
खर्वाङ । गुल्मी मुसिकोटबाट बागलुङ बडिगाडको मामाघर आएका एक पुरुषको भिरबाट लडेर ज्यान गएको छ ।
बडिगाड गाँउपालिका २ सिमलचौर मामाघर आएका गुल्मी जिल्ला मुसिकोट नगरपालिका ४ दिगामचौरका ३१ वर्षिय ज्ञान बहादुर कुमालको भिरबाट लडेर ज्यान गएको ईलाका प्रहरी चौकी हरिचौरका प्रमुख प्रहरी निरीक्षक डम्बर बहादुर बोहराले जानकारी दिए ।
गत असोज ५ गते मामाघरमा शोक परेपछि सिमलचौर आएका उनि पिप्लेबसाह सामुदायिक वनमा घास काट्न गएका थिए । ज्ञान बहादुर आज विहान सामुदायिक वनको गोरेटोबाट करिब चार सय मिटर तल मृत फेला परेका हुन ।
शवको प्रकृति हेर्दा उनि ५ गते नै भिरबाट लडेको हुन सक्ने बोहराले जानकारी दिए । शव पोष्टमार्टमको लागि गलकोट नगर अस्पताल लैजाने तयारी गरिएको छ ।
ज्ञान बहादुर धेरै दिन सम्म सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खोजिको लागि अनुरोध गरेको थियो । घटनाको थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


अनिष पाठक
प्रतिकृया दिनुहोस