• १२ असोज २०८३, सोमबार
  • ०४:१०:०५

Now:

Next: शुभारम्भ धुन

बागलुङ पश्चिममा बाढिको बितण्डा ९ जनाको मृत्यु, लाखौको भौतिक क्षती

खर्वाङ । लगातार वर्षापछिको बाढिले बागलुङ पश्चिममा ठुलो जनधनको क्षती गरेको छ । बाढिले आज विहानबाटै क्षती गर्न शुरु गरको हो । यहाँको निसिखोला, तमानखोला गाँउपालिका तथा गलकोट नगरपालिकामा बाढीबाट धेरै क्षती भएको छ । त्यस क्षेत्रका सयौ परिवार विस्थापित बनेका छन । बाढीले पुल, लघु जलविद्युत आयोजना र सडकमा क्षती गरेको छ ।

निसिखोला गाँउपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्तीका अनुशार पालिकामा पहिरोले ५ जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर ३ हर्दरामा पहिरोले चार जनाको ज्यान गाएको छ । पहिरोले ३९ वर्षिय श्यामकुमारी विक, उनका छोराहरु १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको उनले बताए ।

यस्तै वडा नं. ६ को रंगिल भन्ने स्थानमा गोठ पुरिएर भल्कोटका अन्दाजी ४६ वर्षिय सुर्ज घर्तीको ज्यान गएको पनि घर्तीले बताए । निसिखोलाको वडा नं. ४ झिवाखोलामा निसिखोलाले १२ घर बगाएको छ । “स्थानियलाई सुरक्षित रहन भनेका छौ ।” उपाध्यक्ष प्रेम बहादुर घर्तीले भने “स्थानिय लिटिल रोज बोड्ङि स्कुलको भवन पुर्ण रुपमा क्षति भएको छ । १२ घर बगेका छन । बाटो पुर्ण रुपमा अबरुद्ध छ ।”

वडा नं. १ देविस्थानमा पहिरोले ६ घर जोखिममा परेपछि स्थानियलाई सुरक्षित रहन भनिएको छ । त्यहाँ घरभित्र लेदो पसेको छ । भने वडा नं. २ मा रहेको निमार्णधिन आधारभुत अस्पतालमा पनि बाढीले असर गरेको उपाध्यक्ष घर्तीले बताए । दुवै तर्फबाट बाढीले घेरिएको अस्पतालको एकातर्फ भने अहिले खोला घटेको छ ।

निसिखोला–३ याङ्ब्याङमा पहिरोका कारण जंगबहादुर खड्काको बाख्रा खोर बगेको छ । खड्काका १० बाख्रा मरेका छन । अन्य बाख्रा पनि घाईते अबस्थामा छन । वडा नं. ६ भरसिवमा केशमला घर्तीको गोठ पनि पहिरोले पुरिएको छ ।

पहिरोपछि भागेर ज्यान बचाएकि केशमलाका तिनवटा बाख्रा मरेका उपाध्यक्ष घर्तीले जानकारी दिए । झिवाखोलामा मात्रै बाढीले ४० परिवार विस्थापित बनेका छन । निसिखोलाका ठाँउ ठाँउमा पहिरो र बाढीले मध्यपहाडि सहित ग्रामिण सडक पुर्ण रुपमा अबरुद्ध छन ।

तमानखोला गाउँपालिकामा पनि पहिरोले चार जनाको ज्यान गएको छ । वडा नं. ३ तमानको धनारपुर टोलमा पहिरोले घर पुरिएर २ जना तथा वडा नं. ४ लाम्मेलाको सन्तर टोलमा २ जनाको ज्यान गएको कार्यपालिका सदस्य हिकमत जक्तपुरीले जानकारी दिए । उनका अनुशार वडा नं. ४ मा हस्तविर विक र उदिशरा विकको शव भेटिएको छ भने एक जना महिला अझै वेपत्ता छन ।

यस्तै वडा नंं ३ को धनारपुर टोलमा पनि २ जनाको शव भेटिएको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित परियारले जानकारी दिए । दुबै पहिरोमा अझै केहि वेपत्ता रहेको अपुष्ट खबर रहेको उनले बताए ।

“सबै बाटोहरु अबरुद्ध छन । म आफै पनि घटनास्थल जाँदै छु । चार जना मृत्युको खबर आएको छ । धेरै घरहरु बगाएको र केहि वेपत्ता भएको सुचना छ । नेटवर्कको समस्याले सम्पर्क हुन सकेको छैन । थप अन्य क्षतीको विवरण लिन समय लाग्ला ।” उनले भने ।

यता बडिगाड गाँउपालिकाका वडा नं. १,३,४ र ८ मा प्रत्येक वडामा १५ भन्दा बढि घरमा हावाहुरीले छानो उडाएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले जानकारी दिए । बडिगाडमा प्रभावितलाई तत्काल त्रिपाल वितरणको काम शुरु गरिएको छ ।

यस्तै बाढीले गलकोटमा झोलुङ्गे पुल बगाउनुका साथै वडा कार्यालय भवन र घरहरुमा समेत क्षति गरेको छ । विभिन्न सडकहरुमा समेत बाढीले क्षति गरेको छ । गलकोटमा भएको क्षति समाजिक संञ्जालबाट सार्वजनिक भएका भएपनि नेटवर्ककको समस्याका यसको आधिकारी पुष्टि भने कतैबाट हुन सकेको छैन । ढोरपाटन नगरपालिका र ताराखोला गाँउपालिकामा पनि क्षतिको विवरण प्राप्त हुन सकेको छैन । यहाँ पनि नेटवर्ककै समस्या छ । 

यसैविच नेटवर्ककको समस्याले जोखिम क्षेत्रको अवस्था जानकारी हुन नसकेपछि त्यस क्षेत्रमा हवाई निरिक्षणको लागि पहल भईरहेको बागलुङ क्षेत्र नम्बर २ का सांसद सोम शर्माले समाजिक संजाल मार्फत जानकारी गराएका छन । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑