• १२ असोज २०८३, सोमबार
  • ०४:०६:१५

Now:

Next: शुभारम्भ धुन

रिडी बजारको तल्लो तहका घरटहरा डुबानमा, ६५ वर्षयताकै ठूलो बाढी

गुल्मी । कालीगण्डकी र वडिगाड नदीको उच्च बहावले रिडी बजारको तल्लो तह डुबानमा परेको छ । लगातारको बर्षाले नदीको बहाव बढेसँगै तल्लो तटीय क्षेत्र डुबानमा परेको हो ।स्थानीय सुन्दर कसजुका अनुसार, एक दर्जन घरटहरा डुबानमा छन् । साथै पाल्पातर्फ ऋषिकेश मन्दिर र गुल्मीतर्फ खेलमैदान, कभर्डहल र व्यापारिक टहरा समेत डुबानमा परेको  कसजुले बताए ।

गुल्मी, पाल्पा र स्याङ्जासहित तीन जिल्ला जोडेको तीनमुखे पुलको माथिल्लो सतहमा समेत पानी आइपुगेको छ । उनका अनुसार, रिडीको इतिहास बुझ्दा ६५ वर्षयताकै ठूलो बाढी आएको हो । २०१८ सालमा पनि यही किसिमको बाढी आएको तर क्षति अहिलेकै जस्तै सामान्य मात्रै भएको स्थानीयबाट बुझिएको उनले बताए ।

सूचना र सतर्कताले मानवीय क्षति हुनबाट बचेको उनले बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार, जोखिममा पर्ने क्षेत्रका नागरिकलाई छिमेकी आफन्तकोमा सुरक्षित स्थानमा सारिएको बताए । उनले डुबानपछि थप क्षतिबारे विवरण संकलन भइरहेको बताए । 

कालीगण्डकी नदीको उच्च बहावले मिर्मी ड्याम नजिकको पक्की पुल बगाएको छ । रुद्रवेणी पक्की पुलमा पानीको बहाव आइपुगेको छ । धेरै ठाउँमा क्षति पुगेको छ । वडिगाड नदीले रुद्रवेणी-वामी सडकखण्डमा धेरै सडक बगाएको छ भने केही घरटहरामा आंशिक क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑