बजार बगर बनेपछि निसीखोलाले गर्यो सहयोगको अपील
खर्वाङ । बागलुङ पश्चिमको निसीखोला गाउँपालिकामा आईतबार निसीखोला अस्वाभाविक रुपले बढेर आयो । निसीखालाको बाढीले झिवाखोला बजार र कानाबगर क्षेत्रमा बढि क्षति गरेको छ । यस क्षेत्रका ३० घर पूर्ण क्षति भएका छन । २३ घरमा आंशिक क्षति र्पुयाएको छ । भने थप करिब २५ घर उच्च जोखिममा छन ।
वडा नं. ४ का वडाध्यक्ष टिकानिधी पौडेलका अनुशार बाढीले कानाबगरमा ७ घर तथा झिवाखोला बजार क्षेत्रमा २३ घरमा ठूलो क्षति पुर्याएको छ । विपद्का कारण स्थानीयको जनजीवन अस्तव्यस्त बनेपछि निसिखोला गाउँपालिकाले प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनःस्थापना र आवश्यक प्रतिकार्यका लागि आर्थिक सहयोगको अपील गरेको छ ।
सहयोग रकम पारदर्शी ढङ्गले कानुन र कार्यविधि बमोजिम पीडितहरूको पुनःस्थापनामा उपयोग गरिने पालिकाले जनाएको छ। सहयोग गर्न इच्छुकले प्रभु बैंक मा रहेको निसिखोला गाउँपालिका प्रकोप व्यवस्थापन कोषको खाता नम्बर १४३०११५४७४१०००३१ मा रकम जम्मा गर्न सक्नेछन ।
“बाढीले झिवाखोला बजारको तल्लो पुरानो बजार क्षेत्रमा घरको जग तथा आसपासको जमिन कटान गरेको छ । वरपरका अन्य स्थानीय संरचनामा समेत बाढीले क्षति गरेको छ ।” वडाध्यक्ष पौडेलले बताए । विहानको समय र विद्यालय पनि बन्द रहेकाले थप मानविय क्षति हुन भने पाएन ।
अचानक बस्तीमा बाढी पसेपछि विस्थापित बनेका पीडितहरू यतिबेला स्थानीय विद्यालय, वडा कार्यालय र आफन्तकोमा आश्रय लिएर बस्न बाध्य छन्। विपतपछि सोमबार निसीखोला गाउँपालिकाले कार्यपालिका बैठकले तत्काल रहात उपलब्ध गराउने निणर्य गरेको छ ।
कार्यपालिका बैठकले बाढि पहिरोमा मानवीय क्षति भएका परिवारलाइ प्रति व्यक्ती ५० हजार तथा थप मृत्यु भएमा प्रति ब्यक्ति २५ हजारका दरले आर्थिक सहयोग गर्ने भएको छ ।यस्तै पुर्ण क्षति भएका घर लाइ ३० हजार र उच्च जोखिममा परेका घरलाइ १० हजार आर्थिक साहायता पालिकाले उपलब्ध गराउने भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।
साथै बैठकले अबरुद्ध सडक पुन संचालनमा ल्याउने, बस्ति संरक्षणका काम शुरु गर्ने लगाएतका निणर्य गरेको पनि उनले बताए । निसीखोला गाउँपालिकाका सुचना अधिकारी डिलाराम बाँठा मगरका अनुशार अहिले पालिकाभर क्षतिको आधिकारीक विवरण संकलनको काम भईरहेको छ ।
सोमबार नेपाली सेना मार्फत सामान्य सहयोग पालिकामा प्राप्त भएपनि त्यसबाहेक अन्य कुनै सहयोग अहिले सम्म प्राप्त भएको छैन । “हेलि मार्फत केहि राहतका सामान पालिका आएको छ । यस बाहेक कहिकतै बाट सहयोग आएको छैन । प्रदेशबाट पनि सहयोग गर्ने घोषणा भएको छ । त्यो पनि आउला । पालिकाबाट हामिले पनि केहि राहत वितरणको काम शुरु गरेका छौ । विशेष गरी क्षतिको तथ्याङ्क संकलनको काम अहिले गरिरहेका छौ ।” उनले भने।


अनिष पाठक
प्रतिकृया दिनुहोस