• १८ बैशाख २०८१, मंगलबार
  • ०१:३९:४०

Now:

Next: शुभारम्भ धुन

महिलाहरुकोे लागि उद्घोेषण तालिम ओखरबोटमा सम्पन्न

हटिया । गलकोट नगरपालिका ४ ओखरबोटमा महिलाहरुलाई दुई दिने उद्घोेषण सम्बन्धी तालिम प्रदान गरिएको छ । प्राप्ती महिला सञ्जालको आयोजनामा महिला जनप्रतिनिधि सहित वडा भित्रका महिलाहरुका लागि बोल्ने सिप र कलाको विकास र नेतृत्व विकासको लागि २ दिने उद्घोषण तालिम प्रदान गरिएको हो ।

वडाका महिला जनप्रतिनिधि र अन्य महिला दिदिबहिनीहरुलाई उद्घोषण कला सिकाउँदै आफ्नो कुरा बाहिर ल्याउन सक्ने बनाउनको लागि तालिमको आयोजना गरिएको गलकोट नगरपालिका ४ का कार्यवहाक वडा अध्यक्ष कृष्ण बहादुर भण्डारीले बताउनुभयो । महिलाहरु सार्वजनिक कार्यक्रममा बोल्न लजाउने, डर मान्ने जस्ता कारण पछाडी परेकाले तालिम अतिनै आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

कार्यवहाक वडा अध्यक्ष भण्डारीले आगामी दिनमा पनि महिलाहरुका लागि विभिन्न सिपमुलक तालिम तथा क्षमता विकासका कार्यक्रम ल्याईने बताउनु भयो । तालिममा सहभागी महिलाहरुले भोलीका दिनमा तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरि अन्य कार्यक्रमहरुमा सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले उद्घोषण तालिमले महिलाहरुमा निडरता नेतृत्वदायी क्षमताको अभिवृद्वि गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो ।

तालिमले क्षमता हुँदाहुँदै पनि बोल्न नसकेका महिलालाई निडर र आत्मविश्वास बढाउँदै उदघोषण कलामा दक्षता हाँसिल गर्न सहज पुग्ने सहभागी महिलाले बताए उनीहरुले संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गर्न र आफना हक अधिकारका लागि भएपनि उदघोषण तालिमले धेरै कुरा सिकाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

उद्घोण तालिमले आफुलाई धेरै कुरा सिकाएको र अब कुनै पनि कार्यक्रम चलाउँदा वा बोल्दा ढुक्कले बोल्न सक्ने भएको सहभागी मिना खत्री गैरेले बताउनुभयो ।

२ दिने उदघोषण कला तालिममा उदघोषण कला के हो ? उदघोषकमा हुनुपर्ने गुणहरु, उदघोषकले गर्न नहुने कुराहरु, ६ क को प्रयोग, बैठक व्यवस्थापन, माईनुट लेखन, संस्थामा सदस्यता प्रकार, कार्यक्रमका प्रकृति लगायतका विषयमा सामुदायिक रेडियो गलकोट एफ एमका प्राविधिक तथा प्रस्तोता थम्मन थापा सन्देशले सहजीकरण गर्नुभएको थियो । 

त्यस्तै तालिमको महत्व, आवश्यकता र व्यवहारिक ज्ञान, सामाजिक संघ संस्थामा महिलाको नेतृत्वदायी भुमिकाको विषयमा समाजसेवी तिर्थ सिंह भण्डारी र हेमराज गैरेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सञ्जालका कोषाध्यक्ष ईश्वरी गौतम न्यौपानेले धन्यवाद मन्तव्य ज्ञापन गर्नुभएको थियो । तालिममा वडा भित्रका ४२ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रम प्राप्ती महिला सञ्जालका अध्यक्ष उमा न्यौपानेको अध्यक्षता, उपाध्यक्ष शान्ति चालिसेको स्वागत र सचिव कल्पना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै