• १८ बैशाख २०८१, मंगलबार
  • ००:५४:०६

Now:

Next: शुभारम्भ धुन

पाल्पा कार दुर्घटनामा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षसहित तीन घाइते

पाल्पा । जिल्लाकाे तानसेन नगरपालिका–५, सेतीपोखरीमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन् ।  बुटवलबाट गुल्मी जाँदै गरेको बा ११ च ६५५६ नम्बरको कार सेतीपोखरी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष रेसुंगा नगरपालिका–८ का ईश्वरी पौडेल, रेसुंगा नगरपालिका–१ का चालक रामप्रसाद पन्थी र मृगेन्द्रप्रसाद श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त कार सडकदेखि करिब ५० मिटर तल अर्को सडकमा खसेको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै