• १८ बैशाख २०८१, मंगलबार
  • ०१:५५:५०

Now:

Next: शुभारम्भ धुन

मुसिकोट पौंदी अमराईमा आगो निभाउने क्रममा भिरबाट खसेर २ जना घाईते

खर्वाङ । गुल्मीको मुसिकोट नगरपालिका १ पौंदी अमराईमा आगो निभाउने क्रम्मा भिरबाट खसेर २ जना घाईते भएका छन । 

पालिकाको तल्लो पौंदी सल्लाघारी बनमा लागेको आगो निभाउने क्रम्मा स्थानिय महले घर्ती र रेशम थापा (टेक बहादुर थापा) घाईते भएका प्रहरी चौकि पौंदी अमराईका असई लखन चौधरीले जानकारी दिए ।

उनिहरु मध्ये महले घर्तीको अबस्था गम्भिर रहेको छ । पौंदी अमराईमा रहेको नेपाल राष्ट्रिय सर्वोदय माविको सल्लाघारी बनमा आज बिहानबाट लागेको आगो निभाउने क्रम्मा भिरबाट खसेर उनिहरु घाईते भएका चौधरीले बताए ।  

आगो निभाउने क्रम्मा १५० मिटर तल खसेका उनिहरुको पौंदी अमराई स्वास्थय चौकिमा सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल तम्घास लगिएको छ । 

आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै