• १८ बैशाख २०८१, मंगलबार
  • ०२:२२:००

Now:

Next: शुभारम्भ धुन

पौंदी अमराईमा आगो निभाउने क्रममा घाईते घर्तीको ज्यान गयो

खर्वाङ । गुल्मीको मुसिकोट नगरपालिका १ पौंदी अमराईमा आगो निभाउने क्रम्मा भिरबाट खसेर घाईते भएका महले घर्तीको ज्यान गएको छ ।

पौंदी अमराईको तल्लो पौंदी सल्लाघारी बनमा लागेको आगो निभाउने क्रम्मा घाईते भएका ५८ वर्षिय घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे हो ।

आगोको ठूलो मुस्लो आफूतर्फ आएपछि लडेका घर्ती एक सय ५० मिटर तल खसेका थिए । उनको टाउकोलगायत शरीरको विभिन्न भागमा चोट लागेपछि उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो ।

आज विहान नेपाल राष्ट्रिय सर्वोदय माविको सल्लाघारी बनमा लागेको आगो निभाउने क्रम्मा भिरबाट खसेर घर्ती सहित ५२ वर्षिय रेशम थापा (टेक बहादुर थापा) घाईते भएका थिए ।

अर्का घाईते थापाको अबस्था सामान्य रहेकाे र अहिले जिल्ला अस्पतालमै उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए ।

सम्बन्धित समाचार

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै