• २ कार्तिक २०८१, शुक्रबार
  • १०:४३:१६

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

बडिगाडका पसलमा पालिकाको अनुगमनको नौ महिनापछि जिल्लाको अनुगमन

खर्वाङ । बडिगाड गाँउपालिकाले मध्यपहाडी लोकमार्ग आसपासका बजारमा गरेको पसल अनुगमनको नौ महिनापछि बल्ल सो क्षेत्रका पसलको अनुगमन गरिएको छ ।

दशैं तिहार नजिकिँदै गर्दा बडिगाड गाँउपालिकाले गत २०८० असोज २२ र २३ गते लोकमार्ग अन्तर्गत खौलार, खर्बाङ तथा भिमगिठे बजार क्षेत्रका पसलहरुको अनुगमन गरेकाे थियो । 

उक्त अनुगमनपछि आज जिल्ला प्रशासनको टाेलिले खार, खौलार, न्वार र खर्वाङ हाडिखोला आसपासका बजारका पसलको अनुगमन गरेको छ । बागलुङका साहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल नेतृत्वको टोलिले बडिगाड अन्तर्गतका ति पसलहरुको अनुगमन गरेको हो ।

जिल्ला प्रशासन सहित, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख सहन्सा कुमार मेहता, बडिगाड गाँउपालिकाका निमित्त प्रशासन अधिकृत चण्डीराज पौडेल, बडिगाड ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, वडा नं. २ का वडाध्यक्ष ढालप्रसाद शेरचन, नेपाल प्रहरी, नगर प्रहरी, प्रत्रकार लगाएतको उपस्थितमा आज बजार अनुगमन गरिएको हो ।

अनुगमन टोलिले बडिगाड ५ खारको श्री कृष्ण सपिङ सेन्टरबाट अत्याधिक मात्रामा म्याद गुज्रेका सामार्गी फेला पारेको छ । टोलिले उक्त पसलबाट बेसन, मदिरा, चना, कुरकुरे, चिप्स, मिठाई लगाएतका म्याद सकिएका सामार्गी फेला पारेको हो ।

म्याद सकिएका बस्तु आवश्यक प्रकृया पुरा गरि गाँउपालिकालाई नष्ट गर्न निर्देशन दिएको अनुगमन टोलिले पसल संचालकलाई भने भदौ १५ गते जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन दिएको छ ।

यस्तै अनुगमन टोलिले रामहरी पोल्ट्री फर्मबाट समेत भुजा, चिउरा, स्थानिय मह, मैदा, विस्कुट म्याद सकिएको फेला पारेको छ । भने न्वार, खौलार, खर्वाङ र हाडिखोलामा सामन्य मात्रामा म्याद सकिएका र खाद्य विवरण उल्लेख नभएका फेला पारेको सामान जफत र नष्ट गरेकाे छ । 

बागलुङका साहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अनुगमनको क्रम्मा प्राय पसलमा मुल्य सुचि नभएको, पसलको साईन बोर्ड नभएको, तोकिएका बाहेकका सामार्गी समेत बिक्रि वितरण गरेको, विवरण नभएका सामन समेत विर्कि वितरण गरेको, फ्रिज सफा नगरी सामान राख्ने गरेको, खाद्यय बस्तु विना गुणस्तर प्याकेजिङ गर्ने गरिएको भेटिएको बताए ।

मुस्कान सहितको अनुमनका क्रम्मा टोलिले पसलमा भेटिएका उपभोक्तालाई गुणस्तरहिन बस्तु खरिद नगर्न, म्याद हेरर मात्र बस्तु खरिद गर्न अुनरोध गर्दै तोकिएको मिति भित्र अनुगमनमा भेटिएका गल्ती सुधार गर्न पसल संचालकलाई निर्देशन समेत दिएको छ । 

चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिन सक्ने भन्दै बडिगाड गाँउपालिले किराना, औषधी, लत्ताकपडा, माछा मासू, तरकारी तथा फलफूल लगायतका सय भन्दा बढि थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश किराना पसलहरुमा म्याद गुज्रेको सामाग्रीहरु फेला परेको बताउदै मुल्यसूची नराखेको, पसल दर्ता तथा नविकरण नभएका र पसलहरुमा साईनबोर्ड नभएको लगायतका समस्याहरु भेटिएको जनाएको पालिकाले अर्को अनुगमनमा पनि कमजोरी भेटिए जरिवाना सहितको कार्वाहि गर्ने जनाएको थियो । 

बजार अनुगमनमा भेटिएका म्याद गुज्रेका सामाग्रीहरु व्यापारीले एक हप्ता भित्र फिर्ता गर्नका लागि जफत नगरिएको र पुन : एक हप्तामा नगरप्रहरी सहितको टोलीले सम्बिन्धीत पसलका उक्त सामाग्रीको अनुगमन गर्दा पनि सोही अवस्थामा भेटिए कारबाही सहित म्याद गुज्रेका सामाग्री जफत गरिने गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बताएपनि पालिकाले अनुगमन भने अहिले सम्म गरेको थिएन । 

प्रतिकृया दिनुहोस