• ३० फाल्गुण २०८१, शुक्रबार
  • १८:३४:१८

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

वामीटक्सारमा चौथो नौमति साँस्कृतिक महोत्सव हुँदै

वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ वामीटक्सारमा चौथो नौमती साँस्कृतिक महोत्सव हुने भएको छ ।

वामी विश्व सम्पर्क मञ्च, नौमति साँस्कृतिक समितिको आयोजनामा हरेक २/२ वर्षमा हुँदैआएको महोत्सव यसपटक पनि कोजाग्रत पूर्णिमाको पर्सिपल्ट हुनेगरी तय गरिएको साँस्कृतिक समितिका संयोजक बैकुण्ठ रायमाझिले जानकारी दिनुभएको छ ।

यसैविच सोहि महोत्सव प्रभावकारी बनाउनको लगि जनप्रतिनिधि, आयोजक तथा सरोकारवाला सहित वामीटक्सारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल (जिवन) ले मेलामहोत्सवहरु सामाजिक, साँस्कृतिक विकासमा समेत योगदान हुनेगरि सञ्चालन गर्दा राम्रो हुनेभएकोले धेरैसंस्थाहरुले एकिकृत रुपमा वृहत कार्यक्रम सञ्चालन गर्दा नगरपालिकाले समेत सहयोग गर्न सजिलो हुने बताउनु भएको थियो ।

कार्यक्रममा वडा नं. ७ का अध्यक्ष हरिहर सापकोटा, वडा नं. ९ का अध्यक्ष भुमा गुरुङ, पूर्व वडाअध्यक्षहरु प्रकाश काफ्ले, नारायण सापकोटा, महेन्द्र आदर्श माविका प्रधानाध्यापक देविराम शर्मा, सारदा विद्यामन्दिर माविका प्रधानाध्यापक ज्ञानहरी सापकोटा लगाएतले समिक्षात्मक धारणा राख्नुभएको थियो ।

सो अन्तरक्रियाबाट कार्यक्रमलाई थप वृहत बनाउन अवधारणा तयार गर्नेगरि समिति गठन गरिएको छ । यहि साउन मसान्त भित्र अवधारणा पेश गर्नेगरि गठित अवधारणा निर्माण समितिको संयोजकमा प्रकाश काफ्ले तथा सदस्य सचिवमा रामचन्द्र सापकोटा रहनुभएको छ ।

कार्यक्रम वामी विश्व सम्पर्क मञ्च मुल समितिका उपाध्यक्ष डिलाराम खरालको अध्यक्षता, कोषाध्यक्ष महेश्वर घिमिरेको स्वागत मन्तव्य तथा सचिव रामचन्द्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै