पौंदिटारी आविको स्वर्ण महोत्सव पश्चात नमुना विद्यालयको रूपमा स्थापित हुने दूरदृष्टि
खर्वाङ । पौंदिटारी आधारभूत विद्यालय बडिगाड गाउँपालिका ५, ग्वालीचौरले स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले आगामी माघ २१ गते देखि २४ गते सम्म विभिन्न कार्यक्रम सहित महोत्सव मनाउन लागेको हो ।
महोत्सवको अवसरमा विद्यालयको गतिविधि, हालसम्मको इतिहास सहितको स्मारीका प्रकाशित गर्ने, स्वदेश तथा विदेशमा रहने विद्यालयका सुभेच्छुकहरूबाट सहयोग संकलन गर्ने लगाएतको तयारी रहेको विद्यालयका सुचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभएको छ ।
स्वर्ण महोत्सवको अवसरमा पूर्व शिक्षक तथा विद्यार्थीहरूको पुनःमिलन कार्यक्रम, विद्यालयका सुभेच्छुकहरूबाट आर्थिक सहयोग संकलन, चन्दादातालाई सम्मान सहित विविध कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ ।
वि.सं. २०३१ सालमा स्थापित पौंदिटारी आधारभूत विद्यालय बागलुङ पश्चिमकै अब्बल विद्यालयको रूपमा परिचित रहेको छ । अंग्रेजी माध्यममा पठनपाठन हुँदै गरेको विद्यालयमा २ सय ५० वढि विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् ।
“स्वर्ण महोत्सव २०८१ हामी सबैको गर्व, शैक्षिक उन्नयनको लागि ऐतिहासिक पर्व” भन्ने मुल नारा सहित सञ्चालन हुन लागेको स्वर्णमहोत्सव पश्चात बालबालिकाहरूको गुणस्तरीय शिक्षामा समन्यायिक पहुँच सुनिश्चित गरी नमुना विद्यालयको रूपमा स्थापित हुने दूरदृष्टि रहेको विद्यालयले जनाएको छ ।
स्वर्ण महोत्सवको अवसरमा सहयोग गर्ने सहयोग दातालाई सहयोग रकम अनुसार सम्मान प्रदान गर्नेगरि तयारी भएको प्रधानाध्यापक टिका भुजेलले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस