• २१ असोज २०८३, बुधबार
  • ०२:४६:४६

Now:

Next: शुभारम्भ धुन

मुसिकोट नगरपालिकामा भूमि प्रशासन सेवा सुरु

वामीटक्सार । मुसिकोट नगरपालिकाको प्रशासकीय भवनबाटै नापी तथा भूमिप्रशासनसम्बन्धी सेवा औपचारिक रूपमा सुरु भएको छ । नगरपालिकामै भूमिप्रशासन सेवा सञ्चालनमा आएपछि जग्गा प्रशासनसम्बन्धी कामका लागि सदरमुकाम वा अन्यत्र धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य हुने भएको छ ।

भूमिप्रशासन सेवा सुरु भएसँगै कुल मन्दिरका लागि खरिद गरिएको जग्गा कुल उद्धार समितिका अध्यक्ष कर्ण जिसीका नाममा रजिस्ट्रेसन पास गरी लालपुर्जा (जग्गाधनी दर्ता प्रमाणपूर्जा) हस्तान्तरण गरिएको छ ।

नगरपालिकामै भूमिप्रशासन सेवा सञ्चालन भएपछि गरिएको यो पहिलो महत्त्वपूर्ण कामका रूपमा समेत यसलाई हेरिएको नगरप्रमुख जीवन खरेलले बताए । उनले सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्न सहयोग गर्ने संघीय तथा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाए ।

कुल उद्धार समितिका अध्यक्ष जिसीले नगरपालिकाबाटै सेवा लिन पाउदा सहज भएको बताए । नगरपालिकामै भूमिप्रशासन सेवा सञ्चालनमा आउनुले जग्गा दर्ता, रजिस्ट्रेसन तथा अन्य भूमिसम्बन्धी प्रशासनिक कामका लागि नागरिकलाई सहजता हुने विश्वास गरिएको छ ।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले भूमिप्रशासन सेवा नगरपालिकामै सञ्चालनमा आउनु स्थानीयका लागि सेवा प्रवाहको दृष्टिले महत्वपूर्ण कदम भएको बताए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑