• २५ श्रावण २०८३, सोमबार
  • १०:३५:२०

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

मुसिकाेटका जनजाति समुदायलाई मौलिक बाजा

गुल्मी । मुसिकोट नगरपालिकाले आदिबासी जनजाती समुदायलाई मौलिक बाजा प्रदान गरेको छ । मुसिकोट नगरपालिकामा आदिबासी जनजाती समुदाय धेरै छन् । उनीहरुको मौलिक कलासँस्कृतिको संरक्षण र विकास गर्न नगरपालिकाले बाजा प्रदान गरेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले बताउनुभयो । 

मुसिकोटको छन्त्याल समुदायलाई दुई थान धानुक सेट र नेवार समुदायलाई ढोलक र झेली प्रदान गरिएको हो । मुसिकोटका हरेक मेला तथा उत्सवहरुमा छन्त्याल समुदाय र नेवार समुदायहरुले मौलिक भेषभुसा र संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गर्ने गरेका छन् । 

त्यस्तै मगर, र कुमाल समुदायलाई डम्फु र मादल प्रदान गरिएको मुसिकोट नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तारा थापा मगरले जानकारी दिनुभयो ।

मौलिक संस्कृतिको जगेर्नाका लागि मुसिकोट नगरपालिकाले नगरका समग्र आदीबासी जनजाति समुदायलाई समेटेर गरेको सहयोगले नयाँ उर्जा प्राप्त भएको आदीबासी जनजाति सञ्जाल मुसिकोटका संयोजक लोकप्रसाद छन्त्यालले बताउनुभयो । उहाँले समग्र जनजाति समुदायको प्रतिनिधित्व गरेर संजाल गठन समेत भएकाले एकीकृत विकासमा आगामी दिनमा थप रचनात्मक सहयोगको अपेक्षा छन्त्यालले गर्नुभयो ।

जनजाति समुदायलाई बाजा प्रदान गर्दै मुसिकोट नगरपालिकाका प्रमुख जिवन खरेल ‘जीवन’ ले नगरको साँस्कृति पहिचान अझै बढी उजागर गर्ने, जनजाती समुदायलाई एकिकृत गरेर कला र संस्कृतिलाई पनि अर्थोपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै