• २५ श्रावण २०८३, सोमबार
  • १०:३४:००

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

बागलुङमा गाजासहित २ जना पक्राउ, अवैध काठ बरामद

खर्वाङ । प्रहरीले लागुऔषध गाजासहित दुई जनालाई गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीबाट पक्राउ गरेको छ । लागुऔषध गाजा बोकी हिंडेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटको टोलीले गलकोट नगरपालिका वडा नं. ६ जमुनडाँडाका २९ वर्षिय विमल विक र ताराखोला गाउँपालिका वडा नं. २ का २२ वर्षिय समिर विश्वकर्मालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट ५ सय ८८ ग्राम गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए । प्रहरीले विक र विश्वकर्माबाट २१ वटा पोका र घरमा लुकाई राखेको गरी सो परिणाममा गाजा बरामद गरेको हो । पक्राउ परेकाहरुलाई अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायव उपरिक्षक त्वातीले जानकारी दिए । 

प्रहरीले काठेखोला गाउँपालिका–५ लटेखोरिया सामुदायिक वनबाट अवैध रूपमा काठ ओसारपसार भइरहेको अवस्थामा ट्याक्टर र काठसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले ग १ त ७४६३ नम्बरको ट्याक्टरमा लोड गरिएको तथा अवैध रूपमा कटान गरी राखिएका ३०५.३ क्युफिट गोब्रेसल्लाको गोलिया काठ बरामद गरेको हो ।ट्याक्टर, अवैध काठ र संलग्न व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

यसअघि प्रहरी अवैध रुपमा ढुंगा उत्खनन् तथा ओसारपसारमा संलग्न दुई सवारी साधन जिप र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बिहुँले चेकजाँचको क्रममा ताराखोला गाउँपालिका–१ माझखर्कदेखि पोखरा लैजाँदै गरेको बा १३ च ५०१३ नम्बरको पिकअप भ्यान स्लेट ढुंगासहित नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको हो ।

बिलविजक नभएको स्लेट ढुंगा ओसारपसार गरेको पाईएपछि १० हजार रुपियाँ जरिवाना गरिएको बागलुङ नगरपालिका राजश्व शाखाका सहायक कम्प्युटर अपरेटर हरिनारायण उपाध्यायले जानकारी दिए । ‘‘भ्याटबिल बिना अवैध रुपमा कारोबार गरेको देखिएपछि कार्वाही स्वरुप जरिवाना गरिएको हो’’ उपाध्यायले भने ।

यस्तै प्रहरीले निसीखोला गाउँपालिका वडा नं. ४ कालाखेतबाट अवैध रुपमा ढुंगा उत्खनन् गरी निसीखोला–३ उन्निचौरतर्फ लैजाँदै गरेको लु ३ त ८८०६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारवाहीका लागि गाउँपालिकामा बुझाएको त्वातीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै