• १४ बैशाख २०८१, शुक्रबार
  • २१:०४:१४

Now: बीबीसी नेपाली

Next: श्रुति संवेग

बडिगाडमा पिकअप दुर्घटना हुँदा १ नावालक सहित २ जनाको मृत्यू

बागलुङ।  बडिगाड गाउँपालिका वडा नं. ६ सुरकुँडेमा पिकअप जिप दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

सुरकुँडे देखि खौलार तर्फ जाँदै गरेको लु१ज ४३७० नंम्बरको पिकअप दुर्घटना हुँदा बडिगाड गाउँपालिका ४ जलजला कि २२ वर्षिय टेकमाया रोका राना र उनकी ८ महिनाकी छोरी छाँयाको मृत्यू भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभएको छ।

सो घटनामा मृतक टेकमाया कि ५८ वर्षिया आमा गौमती भनिने मनकला रोका गम्भिर घाइते हुनुभएको छ। घाइतेको हेलिकप्टर मार्फत उद्धार गरि पोखरा स्थीत मनिपाल शिक्षण अस्पताल पठाइएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभएको छ।

सडक छेउमा गाडि रोकेर गिट्टी लोड गर्ने क्रममा अचानक गुडेपछि दुर्घटना भएको चालक रविलाल बुढाले जनाएका छन्। गाडि सडकवाट झण्डै २ किलोमिटर तल खसेको र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै