• १४ बैशाख २०८१, शुक्रबार
  • ०७:१९:५४

Now: बीबीसी नेपाली

Next: शुभविहानी

नेपाली काग्रेस मुसिकोट नगरपालिकाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न 

कमल पौडेल रेडियो सारथी
०४, पौष । नेपाली काग्रेस मुसिकोट नगरपालिकाको आयोजनामा श्रद्धाञ्जली सभा मुसिकोट नगरपालिका वडा नं। ३ मा सम्पन्न भएको छ। नेपाली काग्रेसको तर्फवाट मुसिकोट नगरका छायाँ सरकार प्रमुख झविलाल भण्डारी सहितकि ममतामयी माता डिल कुमारी भण्डारीको ७ औं दिनको पुण्य तिथिको अवसरमा सो सभाको आयोजना गरिएको हो।

कार्यक्रममा नेपाली काग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ, जिल्ला सचिव खिलध्वज पन्थी, विष्णु सापकोटा लगाएतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम नगर सभापति सुदर्शन शाक्यको अध्यक्षता तथा नगर सचिव मोहन घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

यसै विच त्रिभुवन नमुना मावि खर्वाङ लगाएतका विभिन्न सामाजिक संस्थाहरूले पनि स्वर्गिय डिलकुमारी भण्डारीको स्मृतिमा सभा तथा शोकसन्तप्त परीवारलाइ समवेदना व्यक्त गरेका छन्। फोटो गुगलबाट

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै