• १५ बैशाख २०८१, शनिबार
  • ०६:५६:२६

Now: राष्ट्र र सँगीत

Next: सारथी हालचाल

राष्ट्रिय जनमोर्चा बानपाको प्रशिक्षण भेला सम्पन्न ।

११ पौष । राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिले "बिघटित प्रतिनिधी सभा पुर्नस्थापना गर । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं । संघीयता र भ्रष्टाचारका बिरुद्ध सघर्ष गरौ" भन्ने उदघोषका साथ सञ्चालित बिषेश संगठात्मक अभियान अन्तरगत १२८ औं माओ जयन्तीको अवसर पारेर अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम २०७७ पौष ११ गते नारायणस्थानमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले प्रशिक्षण भेलाको उदघाटन गर्दै राजाबादी चलखेल बढिरहेको बेला प्रधानमन्त्रीले संसद बिघटन गर्नु अलोकतान्त्रिक र निरङकुश कदम हो ।

यसले बैदेशिक चलखेललाई निम्ताएको छ । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि बिघटित प्रतिनिधि सभाको पुर्न स्थापना गर्दै संघीयता खारेजीको बिकल्प नरहेको बताउदै कार्यकर्तालाई आन्दोलन होमिन आग्रह गर्नु भयो । कार्यक्रममा बिशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अतिथि राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापाले प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटाले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य लोकनाथ शर्मा, योगेन्द्र पौडेल, अखिल नेपाल किसान संघ बागलुङका सदस्य ढुण्डीराज शर्मा, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तारा प्रशाद शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारी, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ बागलुङका सदस्य टेक बहादुर क्षेत्री, बुद्धिजीवी संघका भक्ति न्यौपाने, अखिल छैठौं बागलुङका सदस्य गोपाल सुबेदी,

जातिय समता समाज बागलुङका सदस्य गोबिन्द्रलाल बि.क., राष्ट्रिय जनमोर्चा बा.न.पा. १२ का अध्यक्ष घनश्याम बि.क., १४ का अध्यक्ष राम बहादुर खडका लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम नगर समितिका अध्यक्ष थानेश्वर सुबेदीको अध्यक्षता, सचिव गोबिन्द प्रशाद पौडेलको सञ्चालन र उपाध्यक्ष योगेन्द्र पौडेलको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । भेलाले यहि पौष २६ गते पैयुपाटा, २७ गते नारायणस्थान र  २८ गते अमलाचौरमा वडा स्तरीय प्रशिक्षण गर्ने ठेगान गरेको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै