• १४ बैशाख २०८१, शुक्रबार
  • २३:२८:४३

Now:

Next:

जनमोर्चाको संगठनात्मक अभियान सुखौरा र झिम्पामा सम्पन्न 

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले बिघठित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं भन्ने मुल नाराका साथ सञ्चालित संगठनात्मक अभियान सुखौरा र झिम्पामा सम्पन्न गरेको छ । 

अभियान अन्तरगत टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. ५, सुखौरामा गरेको वडा प्रशिक्षण भेलामा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले जनताका अधिकार खोसिएको बेला कार्यकर्ताहरु झन शसक्त हुनुप्नर्ने बताउनु भएको थियो ।

साथै उहाँले अब समृद्धिका लागि आन्दोलन गर्न प्रर्दैन भन्नेहरु नै अधिकारका लागि सडकमा जान परेको अबस्थामा अधिनायकवादी कदम लाई परास्त गर्नुप्रर्नेमा जोड दिनुभयो । सुखौरामा सम्पन्न भेला वडा समितिका अध्यक्ष झगर बहादुर अर्मजाको अध्यक्षता, नारायण शर्माको सञ्चालन र जिल्ला सल्लाहकार टिकाराम शर्माको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

त्यस्तै टोली नं. २ ले निसीखोला गाउँपालिका वडा नं. ४ झिम्पामा पनि वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । उक्त भेला भिमसेन शाहीको अध्यक्षता र जुन बिक्रम शाहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै