• १४ बैशाख २०८१, शुक्रबार
  • २३:२६:०८

Now:

Next:

बडिगाड र ढोरपाटनका दुई खानेपानी आयोजनाको अनुगमन

तस्विर : ढोरपाटन पोष्टबाट

बागलुङ । नेपाल स्वास्थ्यका लागि पानी नेवा र स्थानीय पालिकाको आर्थिक सहयोगमा जिल्लाको बडिगाड गउँपालिका र ढोरपाटन नगरपालिकामा दुईवटा खानेपानी आयोजना सम्पन्न भएका छन् ।

आयोजना निर्माण सम्पन्न भएपछि, जिल्ला समन्वय समिति बागलुङ, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङ, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) स्थानीय पालिकाका प्रतिनिधि र सञ्चारकर्मीसहितको टिमले अनुगमन गरेका छन् ।

खानेपानी योजना निर्माणमा दीगोपन, मापदण्ड अनुसारको निर्माण अवस्था र स्थानीयले योजना संरक्षणमा भूमिकाका विषयमा अनुगमन गरिएको हो । नेवा र स्थानीय पालिकाको आर्थिक सहयोगमा बडिगाड गाउँपालिका वडा नं. १० पात्लेमा २९ घरधुरी उपभोक्ताका लागि २१ धारा निर्माण गरिएको छ भने, ढोरपाटन नगरपालिकाको वडा नं. ८ बेबाङ नौघरटोल वस्तिमा २ सय ४१ घरधुरी उपभोक्ताका लागि ८३ धरा निर्माण गरिएको छ ।

बडिगाड गाउँपालिककोे पात्लेमा सम्पन्न खानेपानी आयोजनामा नेवाका तर्फबाट ३१ लाख ५१ हजार ६ सय ४७ रुपैयाँ, स्थानीय पालिकाको ३ लाख ८३ हजार १७ रुपैयाँ, जनश्रमदान १० लाख ३८ हजार ७ सय १० रुपैयाँ गरि कुल ४५ लाख ७३ हजार ३ सय ७४ रुपैयाँको लागतमा सम्पन्न भएको नेपाल स्वास्थ्यका लागि पानी नेवाका योजना अनुगमन तथा मुल्याँकन निरीक्षक विनोद कोइरालाले जानाकारी दिनुभयो ।

यस्तै ढोरपाटन नगरपालिकाको बोबाङमा सम्पन्न खानेपानी आयोजनामा नेवाको २६ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ, स्थानीय ढोरपाटन नगरपालिकाबाट ५ लाख र जनश्रमदान ९ लाख ९९ हजार ३ सय ४५ रुपैयाँ गरि कुल, ४१ लाख ७५ हजार २ सय ८३ रुपैयाँ लागतमा सम्पन्न भएको निरीक्षक कोइरालाले जानाकारी दिनुभयो ।

योजना निर्माणपछि दुवै योजनाको अनुगमन गरिएको र योजना सन्तोषजनक रहेको खानेपानी तथा सरसफाई डिभिजन बागलुङका प्रशासकीय अधिकृत तेजप्रकास न्यूरेले बताउनुभयो । यस्तै जिल्लामा हुने सबै योजनाहरुको प्रत्यक्ष अनुगमन तथा निरीक्षणको जिम्मेवारीमा रहेको जिल्ला समन्वय समितिले समेत योजनाहरुको अनुगमन गरिरहेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुँगानाले बताउनुभयो ।

‘जुन योजनाको अनुगमन गरिन्छ, ति योजनाहरु नियमसँगत सम्पन्न हुने गरेको अनुगमनमा पाइएको बताउँदै प्रमुख ढुँगानाले, खानेपानीको क्षेत्रमा नेवाले राम्रो काम गरेको बताउनुभयो । यस्ता अनुगमनमा आफूले निर्माण भएका योजनाहरुको स्थानीय पालिका, वडातह र सेवाग्राही जनताले संरक्षण गरिराख्नु पर्ने दायित्व लिनुपर्ने सुझाव समेत दिंदै आएको ढुँगानाले बताउनुभयो ।’ योजना सम्पन्न भएपछि टोलीले योजना निर्माण स्थलमै पुगेर अनुगमन गरेको हो ।

बागलुङका खानेपानीको क्षेत्रमा प्रत्येक वर्ष विभिन्न योजना सञ्चालन गर्दै आएको र जिल्लाको पश्चिम, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा समेत धेरै योजनाहरु सम्पन्न गर्दै आएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) का योजना अनुगमन तथा मुख्याँकन निरीक्षक कोइरालाले बताउनुभयो ।

जिल्लामा अघिल्लो आर्थिक वर्षमा थुप्रै योजनाहरु सम्पन्न भए, यस वर्षपनि केही सम्पन्न भएका तथा केही निर्माणाधिन अवस्थामा रहेको उहाँले जानाकारी दिनुभएको छ । जिल्लाको गलकोट नगरपालिका र बागलुङ नगरपालिकाबाहेकका सबै पालिकाहरुमा नेवाले खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गरिरहेको कोइरालाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै