• १५ बैशाख २०८१, शनिबार
  • ०४:५८:५३

Now: शुभारम्भ धुन

Next: धार्मीक कार्यक्रम

नेकपाकाे अगुवा कार्यकर्ता भेला भुवाचिदीमा सम्पन्न

वामी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुसिकोट नगरपालिका भित्रका अगुवा कार्यकर्ताहरूको भेला भुवाचिदीमा सम्पन्न भएको छ । भेलाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व लाई सफल बनाऊनको लागि साथ दिने निर्णय गरेको छ ।

भेलामा नेकपा मुसिकोट नगर कमिटि ईन्चार्ज जिवन खरेलले पार्टीका लोभी पापी नेताहरूले आफ्नो ब्यक्तिगत तथा पारिवारीक स्वार्थ पुरा गर्नको लागी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली लाई घेराबन्दी गरिएको भन्दै उक्त कार्यको भर्त्सना गर्नु भएको थियो । ईन्चार्ज खरेलले भेलामा उपस्थित सबै नेताहरूलाई एक ढिक्का भएर टोल टोलमा पार्टी संगठन मजबुत गराउन सकृय हुन आग्रह समेत गर्नुभयो ।

पार्टीमा उत्पन्न पछिल्लो अवस्थाको समिक्षा तथा आगामी काम लाई कसरी ब्यबस्थित गर्ने भन्ने सम्बन्धमा योजना निर्माणको लागि आयोजित भेलामा मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्मा, मुसिकोट नगरकमिटि सचिबालय सदस्य, जननिर्बाचित वडाध्यक्ष, कार्यपालिका सदस्य लगाएतको शहभागिता रहेको थियो ।

भेलामा बोल्ने बक्ताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा नेकपा बिरूद्ध चलाईएका भ्रमलाई चिर्ने, कार्यकर्तालाई आफ्नो पक्षमा लैजानका लागि चलाईएका झुट्टा प्रलोभनको भन्डाफोर गर्दै अगाडि बढ्ने तथा यथासक्य छिटो पार्टीको मुसिकोट नगरभेला आयोजनागर्ने निर्णय समेत गरेको छ । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै