• १४ बैशाख २०८१, शुक्रबार
  • १४:०१:३४

Now: थाहा अपडेट

Next: संगित सरगम

बागलुङमा कोरोनाकाे पहिलो खोप डाक्टर दिवाकरले लगाए

बागलुङ । नेपालभर एकैपटक कोरोना खोप लगाउने अभियान अनुसार बागलुङमापनि पहिलो खोप लगाइएको छ । धौलागिरी अस्पतालमा आयोजित एक कार्यक्रममा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिबाकर पराजुलीले पहिलो खोप लगाएका हुन् ।

अस्पतालमा आयोजित कार्यक्रममा पहिलो खोप लगाएका पराजुलीले नेपाल सरकारले बनाएको प्रोटोकल अनुसार स्वास्थ्यकर्मीबाटै थालनी गरिएको बताए । उनले जोखिम मोलेर काम गरिरहनुपर्नेले लगाएपछि सुरक्षित बन्न सकिने भएकोले पहिलो खोप आफैबाट थालेको बताए ।

गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयका चिकित्सा महाशखा प्रमुख डा. रामबहादुर केसीको उपस्थितिमा उनीहरुले खोप लगाएका हुन् । खोप लगाएपछि कम्तिमा ३० मीनेट आराम गर्नुपर्ने भएकोले अस्पतालले छुट्टै कोठाको व्यवस्थापन गरेको छ ।

३० मीनेट भित्र कुनैपनि लक्षण नदेखिएमा उनीहरु नियमित आफ्नो काममा लाग्नेछन् । अस्पतालका डाक्टर, नर्स, पारामेडिक्स, महिला स्वास्थ्य स्वयं सेविकाहरु, एमबुलेन्स र शबबाहन चालकलाई यो खोप दिइने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

शव व्यवस्थापनमा खटिने बागलुङ स्थित नेपाली सेनाको अर्जुन बा“ण गण र सुरक्षा निकायका अन्य टोली समेत गरी २ हजार खोप लगाइने योजना छ । समय मिलाउनुपर्ने भएकोले पहिलो दिन स्वास्थ्यकर्मी र दोश्रो दिन बिहिवार सेनाको टोलीले खोप लगाउने तालिका बनाइएको छ ।

खोप अभियान प्रभावकारी बनाएर क्रमश जोखिममा काम गर्ने हरेक क्षेत्रलाई खोपको व्यवस्थापन गर्दै लैजाने समेत गुरौले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै