• १५ बैशाख २०८१, शनिबार
  • १०:४८:१२

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

वामीटक्सार हाटवजारको उद्घाटन, प्रत्येक हप्ताको शनिबार संचालन हुने

विकास निर्माणमा नागरिकले अपनत्व लिनुपर्ने नगरप्रमुख सापकोटाको भनाई

गुल्मी । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले आम नागरिकको साथबाट मात्रै समृद्धि सम्भव भएको भन्दै विकास निर्माणमा नागरिकले अपनत्व लिँदै सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

आज वामीटक्सार पल्टारमा वामीटक्सार हाटवजारको उद्घाटन गर्दै मेयर सापकोटाले विकास निर्माणका कार्य स्थानियहरुकै लागि भएको र त्यसको संरक्षण उपयोगमा पनि स्थानियनै वढि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

साढे ३ वर्षको अवधिमा मुसिकोट नगरपालिकामा विकासको आधार तयार भएको भन्दै संरचनाको संरक्षणमा सवै जुट्नुपर्ने बताउनु भएको छ । कृषि क्षेत्रको विकासको लागि नगरपालिकाले पहल गरिरहेको बताउँदै हाट वजारले कृषकहरुको व्यवसायीकतालाई संस्थागत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, वडा नं. ८ का अध्यक्ष नारायण सापकोटा, उद्योग वाणिज्य संघ वामीटक्सारका सचिव महेश्वर घिमिरे, परोपकार बहुउद्धेश्यिय सहकारी संस्थाका अध्यक्ष गोपिकृष्ण खरेल, अगुवा कृषक राजन सापकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम हाटवजार निर्माण समितिका अध्यक्ष टेक बहादुर रानाको अध्यक्षता, उपाध्यक्ष गोविन्द सापकोटाको स्वागत मन्तव्य तथा सचिव सुन्दर प्रधानको संचालनमा सम्पन्न भएको थियो। यसै विच प्रत्येक हप्ताको सनिवार हाट वजार संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै