• १५ बैशाख २०८१, शनिबार
  • ०१:५५:०५

Now:

Next: शुभारम्भ धुन

एउटा सरकार चलाउन नसक्नेले ८/८ बटा सरकार चलाउन खोज्नु मुर्खता हो: केसी

बागलुङ । “विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं” भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चाको विरोधसभा आज हटियामा सम्पन्न भएको छ ।

विरोधसभामा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले प्रधानमन्त्री केपी ओलीले झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको संसद् विघटन गर्नु अलोकतान्त्रिक र असंवैधानिक कदम भएको बताउनुभयो ।

राष्ट्रपति संविधानको संरक्षक हुन, राष्ट्रपतिले असंवैधानिक कदमलाई रोक्न नसकेको कारण राजनैतिक अस्थिरता आएको बताउदै केसीले स्थायी सरकारका लागि जनताले समर्थन दिएको बताउनुभयो । जनमत माथि कुठाराघात गर्ने अधिकार ओली सरकारलाई नभएको बताउदै उहाँले ८३ प्रतिशत बजेट साधारण खर्च गरेर १७ प्रतिशत बिकाश गरेर समृद्धि नआउने बताउनु भयो । 

एउटा सरकार चलाउन नसक्नेहरुले ८/८ बटा सरकार चलाउन खोज्नु मुर्खता भएको बताउदै संघीयता नेपाली जनताले ठेग्न नसकने भएकोले संघीयता खारेजीको बिकल्प नभएको बताउनु भयो ।

राष्ट्रियताको प्रसंङ्गमा उहाँले लिम्पियाधुरा, लिपुलेख कालापानी क्षेत्रको नक्शा पारित गरेपनि बिधार्थीको पाठ्यक्रम प्रकाशित गर्न रोक्नु भारतलाई खुसी पार्ने काम भएको बताउदै भ्रष्टाचार, बलतात्कारका घटना बढिरहेको अवस्थामा ओलीले चालेका प्रतिगामी कदमलाई असफल पार्न सशक्त आन्दोलनको उत्थान गर्नु पर्नेमा जोड दिनुभयो । बिरोध सभा भन्दा पुर्व सुरु भएको जुलुसले हटिया बजार परिक्रमा गरेको कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारको समेत प्रस्तुति रहेको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै