• १५ बैशाख २०८१, शनिबार
  • ०२:५६:१४

Now:

Next: शुभारम्भ धुन

नवप्रतिभाको ७ औं अधिवेशन सम्पन्न, अध्यक्षमा अर्याल निर्वाचित 

बागलुङ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले सहकारीको माध्यमबाट समृद्धि हासिल गर्न सकिने वताउनु भएको छ ।

नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड खर्वाङ, बागलुङको २४ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनको उद्घाटन गर्दै उपप्रमुख भुसालले सहकारीका सदस्यहरु उत्पादनमा जोडिन आर्थिक समस्या नहुने र त्यसको लागि सहकारीले सहजरुपमा ऋण सहयोग गर्न सक्ने भन्दै सहकारी उत्पादनमा जोडिनुपर्ने बताउनु भएको छ । सहकारीहरु प्रविधिमा जोडिनुपर्ने भन्दै नवप्रतिभाले तत्कालै प्रविधिमैत्र प्रयोग सुरुगर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अधिवेसनले पुनः होमनाथ अर्यालकै अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णु प्रसाद भुसाल, सचिवमा दुर्गा अर्याल, कोषाध्यक्षमा खगिश्वर अर्याल, सहसचिवमा प्रेम अर्याल लगाएत रहनुभएको छ । त्यस्तै नरिश्वर खरेलको संयोजकत्वमा शिव पोखरेल, महलाल पौडेल रहेको ३ सदस्यिय लेखा समितिको गठन गरेको छ ।

सभाले अध्यक्ष होमनाथ अर्यालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खगिश्वर अर्यालले प्रस्तुत गरेको १६ करोड ७२ हजार  बढिको आर्थिक प्रतिवेदन सर्वसम्मत पासगरेको छ । सभामा बडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा, कार्यपालिका सदस्य हिमा खरेल, लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वर थापा, लेखा समिति संयोजक नरिश्वर खरेल, खड्कदेवि माविका प्रधानाध्यापक वेद प्रसाद पाेखरेल, सल्लाहकार सदस्य तथा पूर्व अध्यक्ष कृष्णप्रसाद खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता, सहसचिव प्रेम अर्यालको स्वागत मन्तव्य तथा सचिव दुर्गा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । २०५४ सालमा स्थापना भएको सहकारीले वचत तथा ऋणको कारोवार गर्दै आएको छ। 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै