समचार

म्यादी प्रहरीको भर्नाको लागी चौरमा लिखित परिक्षा दिँदै

अनिल खत्री

       

आगामी मंसिरका हुनलागेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको सुरक्षाको लागी म्यादी प्रहरी छनोट कार्यक्रम चलिरहेको छ । गुल्ममीमा म्यादीप्रहरीको छनोट कात्तिक ५ गतेबाट भइरहेको छ । पहिलो चरणमा रनिङ्ग फिजिकल लगायतमा पास भएकाहरुले मंगलवार गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा सामुहिक लिखित परिक्षा दिएका छन् ।  लिखत परिक्षाको लागी ३० मनेटको समय छुट्टाइएको थियो ।

खेलमैदानमा लामबद्ध भएर परिक्षा दिइरहेका परिक्षार्थीहरु हेर्न सर्बसाधरणको समेत घुईचो लागेको थियो । सदरमुकामा रहेको खेलमैदानमा छनोट भएर आएका १ हजार ४ सय २६ जनाले लिखित परिक्षा दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जम्मा १ हजार ८४ जना लिनु पर्नेमा त्यसको दोव्वर भन्दा बढि २ हजार २ सय ४४ जनाको आवेदन परेको थियो  । जस मध्ये पुरुषको संख्या १८ सय ५३ र महिलाको संख्या ३ सय ९३ रहेको थियो ।

म्यादी प्रहरीमा भर्नाको लागी आएका विरबास भट्टेचौरका केयरसिंह राकस दुवईैमा दुई तिन वर्ष बसेर फर्किएकोे जागिर सधै स्वदेशमा पाए आफु विदेश नजाने बताउँदै थिए । युवाहरु मध्ये धेरै जसो कक्षा १० उतिर्ण गर्न नसकेका र केहि गरेका छन्  भने युवतीहरु स्नातकको परिक्षा दिएर बसेका बढि छन् । वेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको युवाहरुले भनाई रहेको छ ।

   गुल्मीको म्यादी प्रहरीमा छिमेकी जिल्ला अर्घाखाँचीबाट पनि आएका छन् । लिखित परिक्षा दिएका मध्ये मंगलवार साँझ सम्म कपिजाँच गरेर रिजल्ट निकाल्ने तयारी गरिएको गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।  

Top