समचार

संयुक्त बाम गठबन्धनको कार्यक्रम आज खुँखानीमा सम्पन्न ।।

नाफाको जिवन जनताको परिवर्तनको लागि विताउने बाम गठबन्धनका प्रतिनिधि सभा उमेदवार पौडेलको भनाई

राम सुबेदी

माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बामगठबन्धन बाग्लुङ क्षेत्र नम्बर २ का साझा उमेद्वार देवेन्द्र पौडेलले आफ्नो नाफाको जिन्दगी बागलुङ पश्चिमका जनतासंग बिताउने बताउनुभएको छ । दस बर्से जनयुद्धका कुरा याद गर्दै भावुक बन्नुभएका पौडेलले देशको परिवर्तनका लागि जनयुद्ध र देशमा धेरै ठुला आन्दोलनहरु भए जसले गर्दा जनताले गणतन्त्रको अनुभुती गर्न पाएको बताउँदै, अव देशलाई बिकास चाहियकोले यो मेरो नाफाको जिवन हो, अवको यो वाकी जीवन बागलुङका जनताको परिवर्तनका लागि बिताउने बताउनुभएको हो ।

 

संयुक्त वामगठबन्धनले तमानखोला गाउँपालिकाको वडा नं. ६  खुँखानीमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले, आफू केन्द्रिय राजनीतिमा हँुदा बाग्लुङको विकास निर्माणका काममा आफ्नो योगदान रहेको कुरा बताउनुभयो । बाग्लुङ जिल्लालाई समृद्ध बनाउन सबै वाम मिलेर जनता सामु आएको बताउँदै पौडेलले, अहिलेसम्म केन्द्रिय तहमा पहुँच नपुग्दा बागलुङको पश्चिम् भेग पछि परेको हो, ढुक्क हुनुस अब त्यस्तो अवस्था आउन आफूले नदिने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।

 

नेपालका वामपन्थीहरु फरक फरक पार्टीमा हुँदा जनताको हित विपरीत भएको भन्दै उमेदवार पौडेलले, अहिलेसम्म महिला दलित, जनजाति, अल्पसंख्यक लगायतका समुदायको भावना वामपन्थी हरुले मात्र बुझेको भन्दै  नेपालमा बामपार्टिहरु मिलेर चुनावमा आएको र उनीहरुकै नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्ने भएकाले नेपाली जनताले सबै वाम उमेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।

 

 कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता एवं प्रदेश २ का प्रदेश सभा सदस्य पदका साझा उमेदवार टेक बहादुर घर्तीमगरले बागलुङको पश्चिम भेग पछि पर्नुको कारण बिगतमा केन्द्रिय सरकारमा पहुँच नहुने ब्यक्ति यस क्षेत्रका जनताले चुन्नुनै गल्ती भएको बताउनुभएको छ ।  अहिले सबै वाम मिलेर आएका छौ यो पटक यस क्षेत्रका जनताले पुराना गल्ती दोहोर्‍याउनुहुने छैन भन्नेमा आफूहरु  पुर्ण बिश्वासमा रहेको घर्तिले बोल्नुभएको छ ।  

 

कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देब कुमार नेपाली, माओवादी केन्द्रका कुसुम बुढा, एमालेका दधिराम शर्मा, राष्ट्रिय जनमोर्चाका धर्म बहादुर कुवर लगायतले बोल्दै बामगठबन्धनका साझा उमेदवार लाई जिताउन र नेपालको समृद्धि तर्फ सबै जनतालाई हातेमालो गर्न आग्रह गर्नुभएको थियो ।

 

 कार्यक्रममा थर्म प्रसाद रसाइलीले स्थानीय समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो ।  कविराम सिर्पालीको अध्यक्षता र देव पुनको संचालनमा कार्यक्रम सप्पन्न भएको त्यहाँबाट विमल खडकाले समाचार पठाउनुभएको छ । 

Top