• १४ बैशाख २०८१, शुक्रबार
  • १६:४३:३३

Now: लाेक सारथी

Next: थाहा अपडेट

अर्लाङ्कोटका दृष्टिविहिन खराललाई गुल्मी सेवा समाज बेलायतकाे आर्थिक सहयोग

Photo : gulmiupdate

गुल्मी । मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङ्कोटका दृष्टिविहिन बाबुराम खराललाई गुल्मी सेवा समाज बेलायतले आर्थिक सहयोग गरेको छ । जन्मजातै दृष्टिविहिन रहेका खरालको जीवनयापन सहज होस् भनेर १० औँ अन्तरराष्ट्रिय अपागं दिवसको अवसर पारेर समाजले बेलायतमा रहेका नेपालीहरुसगंबाट सहयोग सकंलन गरेको थियो ।

मुकुन्द खरेलको सयोंजनमा सकंलित नगद १ लाख रुपैयाँ बाबुरामको घरमै पुगेर हस्तान्तरण गरिएको हो । त्यस्तै सहयोग रकम सकंलनमा समाजका अध्यक्ष टोप पल्ली र सचिव विर बरालले पनि महत्वपूणर् भूमिका खेल्नुभएको थियो । उक्त सहयोग रकम मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले दृष्टिविहिन खरेललाई हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले विदेशमा रहेर पनि स्वेदश प्रतिको माया र सहयोग प्रशंसनीय रहेको भन्दै सहयोगी संस्था गुल्मी सेवा समाज बेलायतलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । सहयोग रकम सदुपयोग गरेर कुनै सीपमूलक कार्यमा लगाउन समेत उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै सापकोटाले अपागंता भएका व्यक्तिहरुलाई राज्यको सहयोगले मात्रै नपुगेको भन्दै यी र यस्तै संस्थाको सहयोग आवश्यक रहेको बताउनुभयो । अपागंता भएकाहरुको जीवनस्तर सहज बनाउन परिवार र समाजको भुमिका पनि उत्तिकै महत्वपूणर् हुने उहाँको भनाई थियो । सहयोग रकम ग्रहण गर्दै खरेलले सहयोगी संस्था प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

विपत र गुल्मीबासीको पीडामा अभिभावकको भुमिका निर्वाह गर्दै आएको गुल्मी सेवा समाज बेलायतले यस अगाडी पनि थुप्रै व्यक्तिलाई सहयोग गरिसकेको छ । समाजले अहिलेसम्म ४ वटा एम्बुलेन्स निशुल्क रुपमा प्रदान गरेको छ ।

त्यस्तै आशा अपागं केन्द्र तम्घासलाई ५ लाख बराबरको सामान, कोरोना महामारीको समयमा गुल्मीका १२ वटै स्थानीय तहमा माक्स सेनिटाईजर लगायतका अन्य स्वास्थ्य सामाग्री पनि समाजले वितरण गरेको थियाे। साथै जिल्लामा हुने विभिन्न दैविप्रकोपका घटनाका पीडित र आर्थिक अभावमा रहेका परिवारलाई पनि सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै