• १५ बैशाख २०८१, शनिबार
  • १०:१७:२०

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

पार्टीको आन्तरिक मदभेद मिलाउन नसकेर संसद बिघटन गर्नु असंवैधानिक हाे - के.सी.

राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले “विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं” भन्ने मूल नाराका साथ २आज देखि दुई  दिने जिल्ला प्रशिक्षण भेलाको राधाकृष्ण सभाहल बागलुङ बजारमा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर के.सी.ले दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको छ ।

कार्यक्रममा उदघाटन मन्तब्य राख्दै अध्यक्ष के.सी.ले आफ्नो पार्टीको आन्तरिक मदभेद मिलाउन नसकेर संसदिय प्रक्रिया नै पुरा नगरी संसद बिघटन गर्नु असंवैधानिक कदम हो यसले राजाबादी र बिदेशी शक्ति केन्द्रलाई चलखेल गर्न हौसाएको छ । २०५१ मा कांग्रेसको आन्तरिक बिवादले संसद बिघटन गर्दा राजा र बिदेशी शक्ति केन्द्रहरु चलखेल बढाएको प्रसंङ्ग बताउदै जनताको प्रतिनिधित्व हुने संस्था बिघटनले जनताको अधिकार माथि घात हुने बताउनु भयो ।

राष्ट्रियताको प्रसंङ्गमा के।सी।ले भन्नु भयो सिङ्गो मधेश एक प्रदेश हुनु पर्ने, अंङ्गिकृत नागरिक संबैधानिक प्रमुख बन्न पाउनु पर्ने साथै प्रदेशको सिमा रेखाङ्कन प्रदेश सरकारले पाउनु पर्ने जस्तो राष्ट्रहित बिपरितका माग बढ्दै जानुले राष्ट्रियता खतरामा परेको बताउनु भयो । राष्ट्रियता कमजोर बन्दै गएको बेला संसद बिघटनले बैदेशिक चलखेल बढेको बेला गणतन्त्र र राष्ट्रियता रक्षाको आन्दोलन बलियो बनाउनु पर्ने बताउदै भ्रष्टाचार र संघीयता बिरुद्धको आन्दोलनलाई सशक्त पार्न आव्हान गर्नु भयो ।

 कार्यक्रममा  राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा गण्डकी प्रदेश माननीय कृष्ण थापा, अखिल नेपाल जनजाती सम्मेलनका पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय उपाध्यक्ष काजी गाँउले श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी मसाल बागलुङका प्रवक्ता मेक बहादुर पाईजा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, केन्द्रीय सदस्य दिल बहादुर दर्जी, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य गौरीश्वर पाण्डे, परिषद् सदस्य तिलक थापा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका केन्द्रीय सदस्य सन्तोष पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारी, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य कुशल बुढा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्यहरु जनबर्गीय संगठनका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुको आतित्थ्यता रहेको थियोे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित जनप्रतिनिधि जनमोर्चाका जिल्ला, पालिका र वडा स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।  कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष धर्म ब कुंवरको स्वागत मन्तव्य र सचिब भिमलाल पोखरेलको सन्चालनमा सम्पन भएको थियोे । 
कार्यक्रममा बिभिन्न बिषयमा प्रशिक्षण हुनुका साथै आगामी कार्यक्रम तय गर्दै फागुन १० गते सम्पन्न हुने छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै