• ६ चैत २०८०, मंगलबार
  • ०८:०८:१५

Now: थाहा अपडेट

Next: सन्देश/पिएसए

३९ औं मगर स्थापना दिवस तथा लखन थापा स्मृति दिवस खर्वाङमा सम्पन्न

बागलुङ । आफ्नो हक अधिकार र पहिचानको लागि एक हुनुको विकल्प नरहेको एक कार्यक्रमका सहभागिले बताएका छन । शनिबार बडिगाड २ खर्वाङमा सम्पन्न ३९ औं मगर स्थापना दिवस तथा नेपालको पहिलो शहिद लखन थापा स्मृति दिवसको आबसरमा बोल्ने बक्ताले यस्तो बताएका हुन । 

स्थापना दिवसको अबसरमा नेपाल मगर संघ बडिगाड गाँउपालिका वडा नं. २ खर्वाङले आयोजना गरेको कार्यक्रममा बोल्दै संघका बागलुङ जिल्ला सदस्य चित्र बहादुर पुनले प्रविधीको बढ्दो प्रयोगसंगै भईरहेको परिवर्तनले मगर कला र सस्कृती समेत परिवर्तन बताए । साथै उनले त्यसलाई बचाउन सबै एक हुनुप्रर्ने बताउदै अहिलेनै कला र सस्कृती जोगाउन तर्फ नलागे भविष्यमा ति सबै इतिहासमा सिमित हुने बताए ।

त्यस्तै बडिगाड गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष ढाल प्रसाद शेरचन (ढालेन्द्र) ले जनजाति समुहमा मदिराको प्रयोग बढि हुने गरेको र त्यसले बेलाबखतमा घरेलुहिंसा पनि निम्ताएको बताउदै त्यसको नियन्त्रणको लागि साथ दिन आग्रह गरे । शेरचनले आफुपनि जनजातिकै एक जनप्रतिनिधि भएकोले जुनसुकै साथ र सहयोगको लागि आफु तयार रहेको बताए ।

२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा मगर संघ र यससँग सम्बन्धित संघ संस्थाहरुले हरेक वर्ष फागुन १५ लाई स्थापना दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन । 

मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तिका लागि स्थापना भएको लाङ्घाली परिवार संघपछि नेपाल मगर संघमा परिवर्तन भएको मगर संघ बडिगाडका उपाध्यक्ष तथा वडा नं. २ का अध्यक्ष नरेन्द्र पुनले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै