• १५ बैशाख २०८१, शनिबार
  • ०९:३४:००

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

अखिल छैठौंको धुल्लुबास्कोट र हुग्दिशिरमा प्रशिक्षण भेला सम्पन्न

बागलुङ । आगामी चैत २० र २१ गते अखिल छैठौ बागलुङको २४ औं जिल्ला सम्मेलनको पुर्व सन्ध्यामा अखिल छैठौ बागलुङले जिल्लाव्यापी रुपमा आफ्नो गतिबिधी तिव्र पारेको छ । 

जस अन्र्तगत बरेङ गाउँपालिका वडा नं १  धुल्लुबास्कोट स्थित धुल्लु लिउवा मावि र बरेङ बजार स्थित सर्वोदय माबिमा अखिल छैठौंको ईकाई प्रशिक्षण भेला आज सम्पन्न भएको छ । उक्त कार्यक्रममा अखिल छैठौ बागलुङका सल्लाहकार मनिष कडेल, जिल्ला सदस्य गणेश सापकोटा, पुर्व जिल्ला सदस्य आशिष गुरुङ र जिवन थापाले प्रशिक्षण दिनु भएकोथियो । 

धुल्लु लिउवा माबि धुल्लुबास्कोटमा सम्पन्न भेलाले बिपिन परियारको अध्यक्षतामा २७ सदस्यीय अखिल छैठौ धुल्लुलिउवा मावि ईकाई समिति चयन गरेको  छ । जसको उपाध्यक्ष मुकेश गिरी, सचिब पुर्णिमा बि।क।, सह सचिब रोशन परियार र कोषाध्यक्ष ललिता थापा रहनु भएको छ भने अन्य सदस्य रहनु भएको छ ।

यसैगरी सर्बोदय माबि बरेङ बजारमा सम्पन्न भेलाले राजु शर्माको अध्यक्षतामा १७ सदस्यीय अखिल छैठौ सर्बोदय मावि ईकाई समिति चयन गरेको  छ । जसको उपाध्यक्ष प्रबेश शर्मा, सचिब मनिषा थापा, सह सचिब सन्देश थापा र कोषाध्यक्ष गोपाल भण्डारी रहनु भएको छ भने अन्य सदस्य रहनु भएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै