• १५ बैशाख २०८१, शनिबार
  • ११:००:०२

Now: थाहा अपडेट

Next: सिने संसार

कोरोना भाइरस विरुद्धको खाेप अभियान : जेष्ठ नागरिककाे सहभागिता उत्साहाजनक

बागलुङ । सरकारले कोरोना भाइरस विरुद्धको दोस्रो चरणको अभियान यहि फागुन २३ गतेदेखि संचालन ग¥यो । ६५ वर्ष माथिका वृद्धवृद्धा सहभागि यस अभियानमा देशभर झण्डै १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य सरकारको थियो । बागलुङ जिल्लामा पनि खोप अभियान संचालनको लागि स्वाथ्य स्वयमसेविकालाई केहि समय अगाडि जिल्लामै तालिम समेत दिईएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

यसैविच जिल्लाको बडिगाड गाँउपालिकामा पनि खोप लगाउन आउने वृद्धवृद्धाको सहभागिता उत्साहाजनक रह्याे । क्षेत्रफल र जनसंख्याको हिसाबले पनि बढि संख्या रहेको बडिगाड २ मा अभियानको पहिलो दिनमै ८० जनालाई खोप लगाइएको आधारभुत स्वाथ्य सेवा केन्द्र खर्वाङका प्रमुख रन्जित यादबले बताए ।

फागुन २८ गते विहान १० बजेदेखी शुरु भएको खोप अभियानमा बडिगाड २ को वडा कार्यालयले पनि उतिकै साथ दिएको थियो । वृद्धहरुलाई खोप केन्द्र सम्म ल्याउन सवारी साधनको व्यवस्था गरेको वडाले नाम दर्ता, प्रमाण नपुगेकाहरुको लागि सहजिकरण साथै खोप लगाइसकेपछि विताउनुप्रर्ने समयमा पनि उतिकै साथ दिईरहेको थियो ।

६९ बर्षका बडिगाड २ बयरबोटका खड्क बहादुर राना शारिरिक रुपमा अशक्त भएतापनि खोप लगाउनकै लागि खोप केन्द्र रहेको जिल्ला समन्वय समितिको हल खर्वाङ आए । उनि केन्द्र आउनु अगाडि नै खोप लगाउन आएका हरुको व्यवस्थापनमा भ्याइनभ्याई थियो सबैलाई । केहि समयपछि तनाब केहि काम र थप व्यवस्थापन भएपछि उनको पालो आयो ।

खड्क बहादुर राना

सबैको सल्लाहमा केहि पालो मिचेर भएपनि कार्यपालिका सदस्य एंव वडा नं. २ कि सदस्य हिमादेवी खरेलले उनलाई खोप लगाउन सघाइन् । खोप लागाई सकेपछि राना स्वाथ्यकर्मिले तोके बोमोजिम केहि समय आराम गरे । अनि सहयोग गर्ने सबैलाई धन्यवाद दिदै बैशाकि टेकेरै पुनः घर तर्फ लागे ।

त्यस्तै बडिगाड २ सकन्यारका ७२ वर्षका बहादर विंक, ६५ वर्षका बडिगाड २ राक्सेका टोप नारायण अर्याल लगाएतले आत्मवल बलियो बनाए कोरोनाबाट बच्न सकिने बताए । अर्यालले भने “मान्यता प्राप्त खोप हो खासै डर लागेको छैन, जुनसुकै रोगको लागि पनि आफु सक्षम त हुनुप¥यो नि ”

खाेप लगाउन पालाे कुर्दै एक जेष्ठ नागरिक

तर रमाइलो त के थियो भने खोप लगाइसकेपछि गर्नुप्रर्ने आरामको समयमा केहि बृद्धाहरु भने बस्न मानि रहेको थिएन्न् । कोहि भन्दै थिए यस्ता सुइ त धेरै लगाइयो यो त केहि होइन, केहि खोप लगाउदिन भन्दै खोप लगाउन मानेन्न । उनिहरुलाई खोपबारे आधारभुत स्वाथ्य सेवा केन्द्र खर्वाङका प्रमुख रन्जित यादबलगाएतकाे टाेलिले सम्झाउदै थिए । भने एकाद खोप नलगाउदै आतिय ।

३ दिन सम्म चलेको खोप अभियानमा सहभागि मध्य बहुबृद्ध ८७ वर्षका बडिगाड २ राक्सेकी सुमित्रा देवि थापा र बडिगाड २ सिमलचोरकी इला कुमारी घिमिरेले खोप लगाए । ८० देखि ८५ वर्ष सम्मका ५ पुरुष र १२ महिलागरि कुल १ सय ९५ जनामा १ सय २ महिला र ९३ पु्रुषले बडिगाड २ मा मात्र खोप लगाए । पालिका भर भने ३ दिन सम्म झण्डै १३ सय बढिले खोप लगाएको बडिगाडका जन स्वाथ्य निरिक्षक चुडामणि कंडेलले बताए ।

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै