ताजा अपडेट

समचार

लक्ष्मी नारायण महिला कृषि सहकारी का शेयर सदस्यको मृत्यूमा राहत हस्तान्तरण ।।

परीवारमा केहि राहात महसुस

Kamal Paudel

कमल पौडेल
१९ असोज/वामी गुल्मी
लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड वामी टक्सार गुल्मीको आयोजनामा श्रद्धाञ्जली सभा तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। संस्थाका शेयर सदस्य हिरा कुमारी कुमालको ७ औं दिनको पुण्यतिथिमा संस्थाको तर्फवाट राहत रकम नगद ८ हजार, वचत ३ हजार ४१५ र शेयर रकम १ हजार परिवारका सदस्यलाई हस्तान्तरण गरिएको हो। सो रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष यमुना घिमिरेले सहकारी हरेक दुःख सुखको साथी भएको वताउनु भएको थियो। सो कार्यक्रम संस्थाका सल्लाहकार सदस्य तथा पूर्व अध्यक्ष डिल कुमारी मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो। संस्थाले शेयर सदस्यको मृत्यूमा राहत प्रदान गर्दै आएको छ। 
 
Top