• १४ बैशाख २०८१, शुक्रबार
  • ११:१९:३०

Now: सिने संसार

Next: नेपाल खवर

वामी-भुवाचिदी सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने

Photo : seroferonepal

रिडी रुद्रवेणीवामीटक्सार सडक अन्तर्गत वामी भुवाचिदी सडक खण्ड दैनिक ७ घण्टा बन्द हुनेभएको छ । वामी देखि भुवाचिदीखण्ड कालोपत्रे गर्न निर्माणको काम चलिरहेकाले सडक दैनिक ७ घण्टा बन्द हुने भएको हो ।

निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिका ईन्जिनियर आश्विन श्रेष्ठले अहिले कालोपत्रेका लागि पहिलो चरणको ग्राभेल गर्ने काम चलिरहेकाले निर्माणको समयमा दैनिक ७ घण्टा सडकखण्ड बन्द हुने जानकारी दिनुभयो ।
उक्त सडकखण्डको वामीको पल्टार देखि बसपार्कसम्म कालोपत्रेका लागि पहिलो चरणको ग्राभेल गर्ने काम अगाडी बढेको छ । ५ किलोमिटर सडक अन्तर्गत पहिलो चरणको ग्राभेल गर्न २ हप्ता लाग्ने र सो अवधीभर दैनिक बिहान साढे ८ बजेदेखि ११ वजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म त्यस्तै बेलुकी ८ बजेदेखि रातभर बाटो खुल्ला रहने उहाँले बताउनुभयो ।

गुल्मीको अति व्यस्त र पुरानो सडक भएपनि अझैसम्म कालोपत्रे हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए । अहिले धमाधम कालोपत्रेको काम अगाडी बढेको छ । २ हप्ताभित्र पहिलो चरणको काम सकिने र त्यसपछि दोश्रो चरणको काम सकिएपछि असारसम्म कालोपत्रेको काम सम्पन्न गर्ने योजना रहेको ईन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।

बुटवल, पाल्पाबाट गुल्मी हुँदै बाग्लुङसम्म सवारी साधन जाने भएकाले यो सडक निकै व्यस्त हुने गरेको छ । सडक कालोपत्रे भएपछि गुल्मी र बाग्लुङ जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै