• १५ बैशाख २०८१, शनिबार
  • ११:०७:००

Now: सिने संसार

Next: नेपाल खवर

खर्वाङमा आधारभुत सिलाई बुनाई तालिम शुरु

बागलुङ । बडिगाड गाँउपालिका वडा नं. २ खर्वाङमा बिहिबारदेखि ६५ दिने आधारभुत सिलाई बुनाई तालिम संचालन भएको छ । सिटिभिटिको आर्थिक सहयोग, धवलागिरी बहु प्राविधिक शिक्षालय बा.न.पा. १४ को प्राविधिक सहयोगमा बडिगाड २ वडा कार्यालयको व्यवस्थापनमा तालिम संचालन भएको वडा अध्यक्ष ढाल प्रसाद शेरचनले बताए । 

बिहिबार जिल्ला समन्वय समितिको सभाहल खर्वाङमा भएको उद्घाटन समारोहमा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनिल शेरचनले अहिले प्राविधिक र प्रतिस्पर्धाको युगमा सिपविनाको मानिस अपांग सरह हुने भन्दै सिप सिकेर त्यसलाइै व्यवहारमा उतार्न आग्रह गरे ।

त्यस्तै वडा अध्यक्ष ढाल प्रसाद शेरचनले कडा संर्घसका कारण तालिम वडामा लिन सकिएको बताउदै, नियमित तालिममा सहभागि हुन परिक्षार्थिलाई आग्रह गरे । शेरचनले सिटिभिटिको सहयोगमा वडा नं. २ मा अहिले मात्र ३ वडा तालिम संचालन भईरहेको समते बताए । उनले सिप लिईसकेपछि एकल वा सामुहिक रुपमा व्यवसाय संचालन गर्नेलाई वडाको तर्फदेखी साथ र सहयोग गर्न तयार भएको बताए ।

नेकपा एमालेका वडा कमिटि २ का अध्यक्ष खगिश्वर अर्याल, नेपालि काँग्रेश वडा कमिटि २ का उपसभापति डिल बहादुर राना, महिला तथा बालबालिका शशक्तिकरण केन्द्रका अध्यक्ष बिना थापाले कार्यक्रममा बोल्दै यस अघि पनि विभिन्न समयमा तालिम संचालन भएतापनी कम मानिसले मात्र व्यवहारमा उतारेको बताउदै, त्यस्तो नर्गन आग्रह गरे । 

कार्यक्रममा प्रशिक्षक ममता बस्याल र कृर्षि प्राविधिक महेश सिलवालले तालिमको बारेमा जानकारी गराएका थिए । कार्यपालिका तथा वडा सदस्य हिमादेवि खरालको स्वागत मन्तव्य बाट शुरु भएको तालिममा वडा अध्यक्ष ढाल प्रसाद शेरचनको अध्यक्षता तथा धवलागिरी बहु प्राविधिक शिक्षालयका प्रशाशकिय साहायक केशव प्रसाद मरासिनिको संचालन रहेको थियो । तालिममा २० जना परिक्षार्थि सहभागि छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै