• १४ बैशाख २०८१, शुक्रबार
  • १५:३३:४४

Now: लोकछहारी

Next: थाहा अपडेट

वामी विश्व सम्पर्क मञ्च चितवन शाखाको अध्यक्षमा शारदा शर्मा चयन

वामी विश्व सम्पर्क मञ्च चितवन शाखाको गठन भएको छ। गुल्मीको वामीमा जन्मि हाल चितवनमा वसोवास गर्नेहरुको चितवनमै भएको भेलाले शारदा शर्मा पौडेलको संयोजकत्वमा ११ सदस्यिय समितिको गठन गरेको हो।

जसको बरिष्ठ उपाध्यक्षमा कृष्णहरी सापकोटा, उपाध्यक्षमा विक्रम सापकोटा, सचिवमा शेषकान्त खरेल, कोषाध्यक्षमा अरुण कुमार कक्षपति, सहसचिवमा भक्त बहादुर केसि, सहकोषाध्यक्षमा राधिका काफ्ले, तथा सदस्यहरुमा भुवन शंकर सापकोटा, शुशिल पाण्डे, यदुमणि खरेल, कमला काफ्ले रहनुभएको छ। त्यस्तै चन्द्रकान्त काफ्लेको संयोजकत्वमा लेखासमिति समेत गठन गरिएको छ।

भेलामा गुल्मी चितवन मैत्री समाजका सल्लाहकार समेत रहनुभएका उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष उत्तमलाल चुके, समाजसेवी दिनेश चुके, वामी विश्व सम्पर्क मञ्च जापान शाखाका अध्यक्ष वोधसाली गौतम लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। भेला शारदा शर्मा पौडेलको अध्यक्षता, कृष्णहरी सापकोटाको स्वागत मन्तव्य तथा विक्रम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै