• १५ बैशाख २०८१, शनिबार
  • ०३:१८:१२

Now:

Next: शुभारम्भ धुन

नेकपाद्धारा गलकोट नगरपालिकालाई ज्ञापन पत्र

गलकोट । गलकोट नगरपालिकाले पछिल्लो समय नगर क्षेत्रभित्रका घर नक्सा पास तथा कायम सम्वन्धी सूचनाको सम्वन्धमा नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगरकमिटिले नगरपालिकाको ध्यानाकर्षण गराउदैं आज ज्ञापन पत्र बुझाएको छ । 

गलकोट नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र हस्तान्तरण गरि नगरपालिकाको उत्त कदम प्रति गम्भीर ध्यानाकर्षण गराईएको नेकपाले जनाएको छ । गलकोट नगरपालिकाद्धारा गत भाद्र २५ गते प्रकाशित सूचना तथा पत्र अनुसार घर नक्सा कायम तथा पास सम्वन्धी सूचनाका सम्वन्धमा नेकपाको गम्भीर ध्यानाकर्षण भएको जनाउदैं कोरोना भाईरसको प्रकोपको कारण जनतामा बेरोजगारी बढेको र आर्थिक गतिबिधीगतिरोध भएका कारण दैनिक जिवनयापन गर्न समेत समस्या भएको अवस्थामा गलकोट नगरपालिका क्षेत्रभित्र नगर सभाले घर नक्सा ऐन पास गर्नुपुर्व बनेका पक्की घरहरु कायम गर्न अस्वभाबिक प्रक्रिया श्रृजना गरि जनतालाई आर्थिक  तथा कानुनी दावब खेदपुण रहेको उल्लेख गदैं ज्ञापन पत्र बुझाएको नेकपाले जनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटिका अध्यक्ष ललित श्रीसद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा नगरपालिकाभित्र बनेका संरचनाहरु सूचिकृत गर्नु तथा करको दायरामा ल्याउनु स्वभाविक प्रक्रिया भएपनि २०७५ सालदेखी एकिकृत सम्पती तथा आवास करको रुपमा कर असुली गर्नु बर्तमानमा आएर पुन घर कायम गर्ने नाममा अबैधानीक प्रक्रियाद्धारा कन्सल्टेन्टको प्रयोग गरि नक्सा बनाउन लगाउने तथा चर्को शुल्क तिर्न बाध्य पार्ने, दोहोरो कर असुली गर्ने र चाडवाड तथा संकटको घडिमा कानुनी अड्चन पर्ने गरी चेतावनीपुर्बक सूचना जारी गरि घर कायम गर्न बाध्य पार्नु सामाजिक न्याय र लोकतन्त्रको मान्यता बिरुद्धको काम रहेको उल्लेख गरिएको छ । 

ज्ञापन पत्रमामार्फत नगरपालिका स्थापना पश्चात बिना नक्सा पास घर बनिरहनु, सडक मापदण्डभित्र घर बदै गर्दा नगरपालिका मुकदर्शक बन्नु गम्भीर कमजोरी रहेकोले त्यस्ता बिषयलाई गम्भीरता पुर्बक तत्काल सच्चाउन समेत नगरपालिकालाई आग्रह गरिएको छ । नगरपालिकालाई पुराना घर काय गर्न नक्सा बनाउने, पास गर्ने प्रक्रिया बन्द गर्न, अवैधानीक तरिकाले नक्सा बनाउन लगाई लिएको रकम र्फिता गर्न, एउटै बिषयमा दोहोरो कर बन्द गर्न र वडा सिफारिसको आधारमा सहज ढङ्गले घर कायम गर्न माग गदैं माग सम्वोधन नभएमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । 

ज्ञापन पत्र ग्रहण गदैं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले  घर नक्सा पास तथा कायम गर्ने नगरपालिकाले २०७५ सालमा नगर सभाबाट पारित गरेको ऐन अनुसार कार्य सम्पादन गरेको बताउदैं जनतालाई अधिकतम सहजिकरण गर्न समेत कानुनको दायरामा नआएकोले केही कडा रुपमा प्रस्तुत हुन परेको बताउनुभयो । नगरपालिकाले पुराना घरहरुको कायम गर्न सहरी बिकास मापदण्ड २०७१ / ७२ लाई आत्मसाथ गरेको बताउदैं कानुन नमिचेको स्पष्ट पार्नुभएको थियो ।

उहाँले २०७५ सालबाट पटक पटक सूचना प्रकाशन गर्दा समेत घर नक्सा पास गर्ने प्रक्रियामा आम नगरबासी नआएकोले यस बर्ष २०७५ साल पछि निमाण भएका घरलाई २५ प्रतिशत थप शुल्क लिएर कायम गर्ने अबधी तोकीएको स्पष्ट पार्नुभयो । सुरुवातको चरणमा केही समस्या देखीएपछि बिस्तारै नगरपालिकाले सहजिकरण गदैं जाने र नक्सा पास तथा घर कायम गर्ने समयावधी थप गदैं परर्शदाता संगको  मह नपनै समेत गर्ने बताउनुभयो । 

उहाँले गलकोटमा रहेका कन्सल्टेन्सीले नक्सा निर्माण गरेको अधिकतम शुल्क लिएको गुनासो बारम्वार आएकोले न्युनतम शुल्कमा उपलब्ध गराउने आग्रह गर्नुभयो । उहाँले कन्सल्टेन्सीले समयकम भएको बाहानामा नगरवासीबाट महगो शुल्क ल्याउने गरेको बिषयलाई मध्ये नजर गरि प्रतिस्प्रधात्मक रुपमा न्युनतम शुल्क नक्सा उपलब्ध नभए नगरपालिकाले बैकल्पीक ब्यबस्था गर्नेसमेत तयारी गरेको बताउनुभयो ।   

सो अबसरमा न्युनतम शुल्कमा अधिकतम सहजिकरण गरि घर कायम गर्ने अबस्था श्रृजना गर्न नगरपालिकाले सहजिकरण गर्ने, नगर उपप्रमुख रेनुका काउचाको भनाई छ । त्यस्तै नगरपालिकाका प्राबिधीकबाट कानुनत नक्सा बनाउन नमिल्ने भएकोले सूचिकृत कन्सल्टेन्टबाट नक्सा बनाउन आग्रह गरेको ईन्जीनियर बल बिक्रम दाहालको भनाई छ । 

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टिका जिल्ला सचिब ज्ञामनाथ गैरे अनिल, गण्डकी प्रदेश सदस्य फमलाल निउरे, जिल्ला सदस्य चन्द्रदत्त रेग्मी, हर्क बहादुर पाण्डे, चुडामणि शर्मा लगाएतले घर कायमको लागी कन्सल्टेन्टको मनोमानी शुल्क असुल्न नदिन, घर निर्माणका मापदण्ड कडाईका साथ लागु गर्न, मापदण्ड अनुसार भए नभएको नियमन तथा अनुगर्न गर्न तथा र सहज रुपमा २०७५ साल अघि निर्माण भएका घरहरुको न्युनतम शुल्कमा घर कायम गर्ने ब्यबस्था मिलाउन, कन्सल्टेन्सी भन्दा प्राबिधीक जनशक्तीको ब्यबस्था गरि न्युनतम शुल्कमा नक्सा उपलब्ध गराउन तथा समय सिमा थप गर्न सूझाब दिएका थिए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै