• १४ बैशाख २०८१, शुक्रबार
  • ०८:५४:०३

Now: बदलिँदो नेपाल (कृषि विशेष)

Next: नेपाल खवर

बडिगाड–३ सिसाखानीमा पहिलो पटक बस पुग्यो: स्थानीयले गरे भब्य स्वागत 

तिलक मगर, २७ कार्तिक । पश्चिम बडिगाडको दुर्गम वडा मध्यको ३ नं वडा सिसाखानीमा पहिलोपटक बस पुगेको छ । गत कार्तिक २४ गते पहिलोपटक गाउँमा बस पुगेपछि स्थानीयले समृद्धिको ढोका खुलेको प्रतिक्रिया दिएका छन् ।

‘बस पुग्दा समृद्धिको ढोका खुल्यो, अब अन्य कुराको पनि विकास हुन्छ,’ स्थानिय झग बहादुर थापाले भन्नुभयो, ‘पहिलोपटक गाउँमा बस देख्दा खुसीले गदगद भएको छु ।” बस सेवा सुरु भएपछि अब अन्य विकासले पनि फड्को मार्नेमा उहाँ विस्वस्त रहेको प्रतिक्रिया दिनुभयो ।

थापा जस्तै साबिक सिसाखानी गा.बि.स. वडा नं १ निवासी ७५ बर्षिय देउमाया घर्तिले पनि बुढेसकालमा बस चढ्न पाउँदा अचम्मित भएको बताउनुभयो । पहिले पहिले गुल्मीको वामी, बागलुङको खर्बाङबाट नुन, बेसार बोक्नु पथ्र्यो, उहाँले भन्नुभयो, अब त नुन तेल सँगै बसले हामीलाई पनि बोक्ने भयो ।

गाउँमा बस आएपछि दर्जनौँको संख्यामा उपस्थित भएका स्थानीयले पहिलोपटक गाउँमा पुगेको बसका चालक, सहचालक र बसधनीलाई फुल माला सहित खादाले सम्मान तथा स्वागत गरेका थिए ।

बस सेवा उद्घाटन गर्दै बडिगाड गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष खडक पुनल यसको निरन्तरता हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो  । ‘अब सधैँ बस चल्छ, आवतजावतमा कुनै समस्या हुनेछैन,’ उहाँले भन्नुभयो,‘बस चलेपछि यहाँका सबै जनताले सेवा पाउनेछन् । अब सिसाखानीमा रहेको खानेपानीको समस्यालाई पनि छिटै समाधान गर्ने उहाँले बताउनुभयो ।

यस अघि २०७५ सालमा बाटो पुगेको सिसाखानीमा बडिगाड १ का बिकास केसीले सिसाखानी लगेकाे पिकअप जिपले सो बाटोको उद्घाटन गरिएको थियो । त्यस यता सिसाखानीमा पिकअप जिपले सामान तथा मानिसलाई बोक्दै आइरहेको थियो ।

पिकअप जिपले मानिस र सामान बोक्नु पर्दा दुर्घटनाको जोखिम थियो बस सेवा सञ्चालन भएपछि जोखिम पनि कम भएको चालक  केसीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै