• १५ बैशाख २०८१, शनिबार
  • ०५:०२:२७

Now: धार्मीक कार्यक्रम

Next: धौलागिरी हालचाल

योजना आयोगको भूमिका खुम्चिएको योजना आयोगका उपाध्यक्ष डा. कँडेलको भनाई

बागलुङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुस्पराज कँडेलले बागलुङको ढोरपाटनमा निर्माण हुने उत्तरगंगा जलाशय युक्त विद्युत आयोजना प्रक्रियामै रहेको बताउनु भएको छ।

बागलुङको बडिगाड गाउँपालिकामा स्थानिय जनप्रतिनिधि तथा सरोकारवालाहरु सँग भएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष कँडेलले उत्तरगंगा नदिको वहाव नै परिवर्तन गर्नुपर्ने भएकोले केहि समस्या आएको तर निर्माण हुनेमा विश्वस्त हुन स्थानियलाई आग्रह गर्नुभएको छ।  एक फरक प्रसंगमा स्थानिय सरकारहरु शक्ति सम्पन्न भएको भन्दै योजना आयोग कै भूमिका खुम्चिएको टिप्पणी गर्नुभएको छ।

१५ औं योजना अन्तरगत निर्माण भएको बजेटमा २ खर्व घटाउनु परेको बताउँदै कँडेलले कोभिडले विश्व आक्रान्त भएकोले सवै एकजुट भएर जुध्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले मध्यपहाडि लोकमार्ग, ढोरपाटन सालझण्डी सडक, उत्तरगंगा जलासय युक्त विद्युत आयोजना लगाएतका विकास आयोजना तथा ढोरपाटन, घुम्ते, पञ्चकोट र बागलुङ कालिका लगाएतको धार्मिक पर्यटनको विषय उठान गर्नुभएको थियो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बडिगाड अध्यक्ष गुणानिधि घिमिरे, नेपाली काग्रेसका जिल्ला सदस्य सरस्वती रिजाल, बडिगाड महिला तथा वालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष विनाकुमारी थापा लगाएतले वोल्नुभएको थियो।

सो कार्यक्रममा प्रधानमन्त्रिको भौतिक पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, राष्ट्रिय योजना आयोगका सञ्चार विज्ञ रामेश्वर कार्कि, मध्यपहाडि लोकमार्ग आयोजनाका प्रमुख ई. मेघराज मरासिनि लगाएतको सहभागिता रहेको थियो। कार्यक्रम बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता, उपाध्यक्ष अम्मर बहादुर श्रीसको स्वागत तथा प्रशासकिय अधिकृत थम्मन बहादुर रेश्मीको सञ्चालनमा सम्पन्न भएको थियो।   

योजना आयोगका उपाध्यक्ष डा. कँडेल सहितको टोली ढोरपाटन लगाएतका क्षेत्र, बडिगाड गाउँपालिकाको प्रशासकिय भवनको अवलोकन पछि फर्किएको छ। टोलीलाई बडिगाड गाउँपालिकाले तयार पारेको पञ्चवर्षिय योजना, आवधिक योजनाको पुस्तक हस्तान्तरण गरिएको थियो। 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै