• १५ बैशाख २०८१, शनिबार
  • ०४:३३:३०

Now:

Next: शुभारम्भ धुन

मुसिकोट बचत तथा ऋण सहकारीको अध्यक्षमा जिसी

वामी । मुसिकोट बचत तथा ऋण सहकारी संस्था लि. मुसिकोट नगरपालिका ३ ठुलापोखरा गुल्मीको प्रथम साधारण सभा सप्पन्न भएको छ । 

शुक्रबार सम्पन्न प्रथम साधारण सभाबाट मुसिकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कर्ण बहादुर जिसी सहित ११ जनाको संचालक समिती र ३ जनाको लेखा समिती चयन गरिएको छ । कार्यक्रममा मुसिकोट बचत तथा ऋण सहकारी संस्था लि। का प्रबन्धक बुद्ध बहादुर पाण्डेले संस्थाको उद्देशको बारेमा प्रकाश पार्नुको साथै हाल सम्मको संस्थाको खर्च तथा आम्दानीको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रम्मा मुसिकोट नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले संस्था जुन उदेश्यका साथ स्थापना भयो त्यही अनुरुप काम गर्नुपर्ने बताउदै आफु जुनसुकै समयमा पनि सहयोग गर्न तयार रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै